काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेताको विचार, व्यवहार र क्रियाकलाप अनुसरणीय हुनुपर्ने बताएका छन्।
एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेशनको उद्घाटन समारोहमा उनले उक्त कुरा बताएका हुन्।
‘नेताको अनुकरण गर्नु भन्दिन तर अनुशरणीय हुनुपर्छ। नेताका विचार, व्यवहार, क्रियाकलाप र बोली–बचन सबै कुरा अनुशरणीय हुनुपर्छ। उदाहारणीय हुनुपर्छ। मान्छले हेर्दा एमालेको नेता भएको छ तर नकारत्मक दृष्टान्त दिनुपर्यो भने त्यहाँभन्दा नमज्जा के हुन्छ। महत्वपूर्ण जिम्मेवारमा छ दृष्टान्त योग्य हैन सम्झनायोग्य छैन भने कसरी नेता भयो,’ ओलीले भने, ‘पार्टी अध्यक्षको हैसियतले मबाट पार्टीले अपेक्षा गर्छ भने मैले त्यसअनुसारको विचार, व्यवहार र आचरण प्रस्तुत गर्नुपर्छ। नकारत्मक दृष्टान्त बनाएर चल्नुले पार्टीलाई फाइदा पुर्याउँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।