काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिमेक सम्बन्ध र अन्तराष्ट्रिय सम्बन्ध र राष्ट्रियहितलाई केन्द्र भागमा राखेर एमाले निर्वाचनमा जान लागेको बताएका छन्।
एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेशनको उद्घाटन समारोहमा शनिबार बोल्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।
उनले गठबन्धन दलमा स्वार्थीहरू रहेकाले मिसन भिजन नरहेको भन्दै आसन्न निर्वाचनपश्चात एमाले बलियो शक्ति बन्ने उद्घोषसमेत गरे।
‘देशले यस्ता स्वार्थहरूको जोडजामबाट बनेको सरकार, यस्तै असंवैधानिक ढंगले सरकार हेरफेर हुने र बन्ने, जनताको अभिमत होइन। स्वार्थहरूको चलखेल र अरु प्रकारका सेटिङ हुने, यसबाट गन्तव्य नभएको, भिजन नभएको, मिसन नभएको, डेस्टिनेसन कुनै नभएको, त्यो डेस्टिनेसन भएपछि त्यहाँ पुग्ने बाटो चाहिएन, भिजन नै चाहिएन त्यस्तो दिशाहीन अन्योल त्यस्तो सरकार बनाएर देशलाई बर्बाद पार्ने कि! एउटा सुदृढ, भिजन, लक्ष्य भएको खोज्ने?’, अध्यक्ष ओलीले भने, ‘ठोस गन्तव्यमा पुग्ने, त्यो गन्तव्यमा पुग्ने मार्गचित्र, त्यसका निम्तिका नीतिहरू, कार्यक्रमसहितको, हाम्रा छिमेक सम्बन्ध, हाम्रा अन्तराष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितलाई केन्द्र भागमा र सर्वोपरी राखेर न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वलाई समेत ध्यानमा राखेर सार्वभौम समानताका आधारमा छिमेक सम्बन्ध र अन्तराष्ट्रिय सम्बन्ध अंगीकार गर्ने गरी हामी अहिले संविधान ल्याएपछिको दोस्रो निर्वाचनमा छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।