काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांगाल बुद्धि भएकाहरू सरकारमा भएका बेला सडकमा भिखमङ्गाहरू बढेको टिप्पणी गरेका छन्।
चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिमको बैतडी पुगेका ओलीले आफू नेतृत्वको सरकारले सडकबाट भिखमङ्गालाई उठाएको तर गठबन्धन सरकार आएपछि सडकमा पुनः भिख मांग्नेहरुको संख्या बढ्न थालेको उनले आरोप लगाएका छन्।
‘जब कंकाल बुद्धिका मान्छेहरूको शासन हुन्छ सडकमा भिखमङ्गाहरू देखिन्छन्। केही भिखमङ्गालाई पनि सरकारले व्यवस्था गर्न सक्दैन! अलपत्र भएका, घर बिर्सेका, मानसिक बिरामी भएर सडकमा फ्याँकिन पुगेका मान्छे केही त हुन्छन्, लाखौं त हुँदैनन् नि!,’ ओलीले आप्ना पार्टीका उम्मेदवारलाई मत माग्दै भने, ‘ती केही मान्छेको व्यवस्था पनि सरकारले गर्न सक्दैन। त्यो काम एमालेले मात्र गर्न सक्छ त्यसकारण एमालेलाई जिताउनु होस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।