• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

चुनावी अभियानका लागि सुदूरपश्चिम केन्द्रित हुँदै दलहरु

64x64
शेरबहादुर ऐर शुक्रबार, कात्तिक १८, २०७९  १३:५१
1140x725

धनगढी– आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनावी अभियानका लागि प्रमुख दलहरुले सुदूरपश्चिम प्रदेशलाई ‘सुरुवाती केन्द्र’ बनाएका छन्। निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि चुनावी सभा, सम्मेलनहरु आयोजना गर्न खुला गरेपछि प्रमुख दलका शीर्ष नेताहरु सुदूरपश्चिम केन्द्रित भएका हुन्। 

सत्ता गठबन्धनसँगै विपक्षि गठबन्धनले पनि सुदूरपश्चिमबाट देशव्यापी चुनावी प्रचार सुरु गर्न थालेका छन्। सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा बुधबारदेखि नै सुदूरपश्चिममा छन्। गृहजिल्ला डडेलधुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका देउवा केही दिन यतैका चुनावी सभामा व्यस्त रहनेछन्। 

विपक्षी गठबन्धनको नेतृत्वकर्ता दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सुदूरपश्चिम पुगेका छन्। एमालेले सुदूरपश्चिमको दार्चुलाबाट आफ्नो चुनावी अभियानको सुरुवात गर्दैछ। 

बुधबार सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले बिहीबार डडेलधुरा सदरमुकाम अमरगढीमा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गरे। कात्तिक २२ गतेसम्म डडेलधुरामै रहने देउवाले त्यहाँ रहँदा ७ वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह (मनु)ले बताए। ‘सभा सम्मेलन गर्न आयोगको अनुमति पाएपछि केन्द्रीय पार्टी सभापति डडेलधुरा पुग्नुभएको हो,’ महामन्त्री मनुले भने, ‘त्यसबाहेक पनि जिल्ला जिल्लामा चुनावि सभा आयोजना गर्ने तालिका रहेको छ। २२–२३ गते तिर गठबन्धनको संयुक्त चुनावी सभा पनि सञ्चालनका लागि तयारी गर्दै छौं।’

एमाले अध्यक्ष ओली भने बिहीबार धनगढी पुगे। शुक्रबार दार्चुलाबाट चुनावी अभियान सुरु गर्ने ओलीले त्यही दिन बैतडी र कञ्चनपुरका सभालाई पनि सम्बोधन गर्ने कार्यतालिका छ। अध्यक्ष ओलीले शुक्रबार नै बैतडी र कञ्चनपुरमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले जानकारी दिए। 

Ncell 2
Ncell 2

एमाले शुक्रबार ३ जिल्लामा पहिलो चरणका चुनावी सभालाई सम्बोधन गरेर फर्किने कार्यक्रम छ। तर, एमाले प्रदेश कमिटीले भने अन्य ठाउँका चुनावी सभामा पनि ओलीले सम्बोधन गर्नेगरी तयारीमा जुटेको पाठकले बताए।  

‘अर्को सभा कहिले र कहाँ गर्ने भन्ने निश्चित भएको छैन,’ सचिव पाठकले भने, ‘तर कैलाली लगायत केही पहाडी जिल्लामा बृहत् चुनावी सभा आयोजनाका लागि छलफल भइरहेको छ, ती सभामा पनि सम्भवतः अध्य ओलीनै आउनुहुन्छ।’

नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य लक्षिराम आचार्यले चुनावी सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने भए पनि कहाँ र कहिले कार्यक्रम गर्ने भन्ने निश्चित नभएको बताए। 

‘आज (शुक्रबार) हाम्रो प्रदेशस्तरीय छलफल हुँदैछ,’ आचार्यले भने, ‘सो छलफलपछि अध्यक्षले कुन–कुन ठाउँमा सम्बोधन गर्ने भन्ने टुङ्गो लाग्ने छ।’


प्रारम्भिक चरणमा कम्तीमा एउटा जिल्लामा एउटा सभाको आयोजना गर्ने बारेमा छलफल केन्द्रित रहेको उनले बताए। यद्यपि गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर बृहत् आमसभा तय गरिने आचार्यले जानकारी दिए। 


नेकपा एकीकृत समाजबादी पार्टीले अछामबाट चुनावी सभाको सुरुवात गर्ने कार्यतालिका रहेको छ। एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हर्कबहादुर सिंहका अनुसार कार्तिक १९ गते (शनिबार) अछामको साँफेबगरमा हुने चुनावी सभामा नेकपा एसका केन्द्रीय उपाध्यक्ष प्रमेश हमालले सम्बोधन गर्नेछन्। हमालले नै २० गते अछामकै रामारोसनमा, २१ गते बझाङको चैनपुरमा, २२ गते बैतडीको खोड्पेमा र डडेलधुरामा तथा २३ गते डोटीको बान्डुग्रीसैन वा तल्कोटमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। 

त्यसबाहेक कैलाली कञ्चनपुरमा पनि चुनावी सभा आयोजना गरिने प्रदेश अध्यक्ष सिंहले बताए। कैलाली, कञ्चनपुरका हुने चुनावी सभामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पनि ल्याउने बारेमा छलफल भइरहेको उनले जानकारी दिए। 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १३:५१
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् । शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर... सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्ध... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
आधिकारिकता पाएसँगै कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै शनिबार, माघ ३, २०८२
एमालेले आज प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलायो शनिबार, माघ ३, २०८२
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु शनिबार, माघ ३, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्