• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

चुनावी अभियानका लागि सुदूरपश्चिम केन्द्रित हुँदै दलहरु

64x64
शेरबहादुर ऐर शुक्रबार, कात्तिक १८, २०७९  १३:५१
1140x725

धनगढी– आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनावी अभियानका लागि प्रमुख दलहरुले सुदूरपश्चिम प्रदेशलाई ‘सुरुवाती केन्द्र’ बनाएका छन्। निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि चुनावी सभा, सम्मेलनहरु आयोजना गर्न खुला गरेपछि प्रमुख दलका शीर्ष नेताहरु सुदूरपश्चिम केन्द्रित भएका हुन्। 

सत्ता गठबन्धनसँगै विपक्षि गठबन्धनले पनि सुदूरपश्चिमबाट देशव्यापी चुनावी प्रचार सुरु गर्न थालेका छन्। सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा बुधबारदेखि नै सुदूरपश्चिममा छन्। गृहजिल्ला डडेलधुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका देउवा केही दिन यतैका चुनावी सभामा व्यस्त रहनेछन्। 

विपक्षी गठबन्धनको नेतृत्वकर्ता दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सुदूरपश्चिम पुगेका छन्। एमालेले सुदूरपश्चिमको दार्चुलाबाट आफ्नो चुनावी अभियानको सुरुवात गर्दैछ। 

बुधबार सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले बिहीबार डडेलधुरा सदरमुकाम अमरगढीमा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गरे। कात्तिक २२ गतेसम्म डडेलधुरामै रहने देउवाले त्यहाँ रहँदा ७ वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह (मनु)ले बताए। ‘सभा सम्मेलन गर्न आयोगको अनुमति पाएपछि केन्द्रीय पार्टी सभापति डडेलधुरा पुग्नुभएको हो,’ महामन्त्री मनुले भने, ‘त्यसबाहेक पनि जिल्ला जिल्लामा चुनावि सभा आयोजना गर्ने तालिका रहेको छ। २२–२३ गते तिर गठबन्धनको संयुक्त चुनावी सभा पनि सञ्चालनका लागि तयारी गर्दै छौं।’

एमाले अध्यक्ष ओली भने बिहीबार धनगढी पुगे। शुक्रबार दार्चुलाबाट चुनावी अभियान सुरु गर्ने ओलीले त्यही दिन बैतडी र कञ्चनपुरका सभालाई पनि सम्बोधन गर्ने कार्यतालिका छ। अध्यक्ष ओलीले शुक्रबार नै बैतडी र कञ्चनपुरमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले जानकारी दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

एमाले शुक्रबार ३ जिल्लामा पहिलो चरणका चुनावी सभालाई सम्बोधन गरेर फर्किने कार्यक्रम छ। तर, एमाले प्रदेश कमिटीले भने अन्य ठाउँका चुनावी सभामा पनि ओलीले सम्बोधन गर्नेगरी तयारीमा जुटेको पाठकले बताए।  

‘अर्को सभा कहिले र कहाँ गर्ने भन्ने निश्चित भएको छैन,’ सचिव पाठकले भने, ‘तर कैलाली लगायत केही पहाडी जिल्लामा बृहत् चुनावी सभा आयोजनाका लागि छलफल भइरहेको छ, ती सभामा पनि सम्भवतः अध्य ओलीनै आउनुहुन्छ।’

नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य लक्षिराम आचार्यले चुनावी सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने भए पनि कहाँ र कहिले कार्यक्रम गर्ने भन्ने निश्चित नभएको बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘आज (शुक्रबार) हाम्रो प्रदेशस्तरीय छलफल हुँदैछ,’ आचार्यले भने, ‘सो छलफलपछि अध्यक्षले कुन–कुन ठाउँमा सम्बोधन गर्ने भन्ने टुङ्गो लाग्ने छ।’


प्रारम्भिक चरणमा कम्तीमा एउटा जिल्लामा एउटा सभाको आयोजना गर्ने बारेमा छलफल केन्द्रित रहेको उनले बताए। यद्यपि गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर बृहत् आमसभा तय गरिने आचार्यले जानकारी दिए। 


नेकपा एकीकृत समाजबादी पार्टीले अछामबाट चुनावी सभाको सुरुवात गर्ने कार्यतालिका रहेको छ। एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हर्कबहादुर सिंहका अनुसार कार्तिक १९ गते (शनिबार) अछामको साँफेबगरमा हुने चुनावी सभामा नेकपा एसका केन्द्रीय उपाध्यक्ष प्रमेश हमालले सम्बोधन गर्नेछन्। हमालले नै २० गते अछामकै रामारोसनमा, २१ गते बझाङको चैनपुरमा, २२ गते बैतडीको खोड्पेमा र डडेलधुरामा तथा २३ गते डोटीको बान्डुग्रीसैन वा तल्कोटमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। 

त्यसबाहेक कैलाली कञ्चनपुरमा पनि चुनावी सभा आयोजना गरिने प्रदेश अध्यक्ष सिंहले बताए। कैलाली, कञ्चनपुरका हुने चुनावी सभामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पनि ल्याउने बारेमा छलफल भइरहेको उनले जानकारी दिए। 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १३:५१
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्