गोरखा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू विकास र समृद्धिको सपना बोकेर गोरखा आएको बताएका छन्।
गोरखामा भएको चुनावी कोण सभालाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।
‘गोरखामा विकास र समृद्धिको सपना बोकेर आएको छु। आउँदै गर्दा बाटोकै कुरा अलि बढि गर्नुभयो। तपाईंहरुको अघाडि सिउरेनीटार–दरौँदी–राम शाहघाट–याङकोट हुँदै पालुङटार सम्मको वैकल्पिक राजमार्गलाई पक्का बनाउने प्रतिबद्धता जनउँछु,’ गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका प्रचण्डले भने ‘गोरखकाली रबर उद्योगलाई नयाँ तरिकाले अघि बढाउने प्रतिबद्धता गर्छु। कृषि र पशुपालनको गोरखालाई हब बनाउने सपना छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।