• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

पहिलो निर्वाचन परिचयको भयो, दोस्रो अनुभवका लागि, यो परिणामको हुन्छ : विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]

64x64
डिबी खड्का शनिबार, कात्तिक १९, २०७९  १७:२०
1140x725

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा-१ बाट उम्मेदवार छन्। यसअघि दुईपल्ट सोही क्षेत्रमा निर्वाचन लडेका उनले सफलता हासिल गर्न सकेनन्। यसपल्ट भने अघिल्ला निर्वाचन भन्दा त्यहाँको माहोल फरक देख्छन्। 'हाइप्रोफाइल' उम्मेदवार बनेका उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत साथ छ। शर्मासँग उनकै निर्वाचन क्षेत्रको बाहुनडाँगी पुगेर डिबी खड्काले गरेको संवाद :

कस्तो चल्दैछ चुनावी अभियान?

चुनावी अभियान एकदमै ऊर्जाका साथ, उत्साहका साथ, एकताका साथ चलिरहेको छ। यो माहोलमा म तपार्इंलाई झापा-१ मा स्वागत पनि गर्छु। बाहुनडाँगीमा पनि स्वागत गर्छु। यो पटक चाहिँ परिणाम गठबन्धनको पक्षमा हुन्छ। रुख चुनाव चिह्न संघमा विजय गराउँदै, अर्को प्रदेश 'ख' तर्फ माओवादी केन्द्रका साथीसहित, 'क' तर्फ कांग्रेसकै अर्को साथीको पक्षमा परिणाम ल्याउने ढंगले काम भइरहेको छ।

बाहिरबाट हेर्दा तपाईंको अहिलेको माहोल राम्रो देखिन्छ। गाउँवस्तीमा पस्दा  मान्छेहरु 'कम्युनिष्टको गढ हो' पनि भन्दारैछन्। यसपालि झापा-१ मा कम्युनिष्टको गढ भत्किन्छ?

पञ्चायतकालमा विष्णुविभु घिमिरेको एउटा कविता थियो- 
कांग्रेसको गढ, कम्युनिस्टको किल्ला
जगजगी यो झापा जिल्ला।

लोकतन्त्रमा गढ भन्ने कुराको अर्थ छैन। कांग्रेसको यो गढ अरे, कम्युनिष्टको यो गढ अरे भन्ने कुरा चाँहि मलाई लाग्दैन। किनकी, त्यो लोकतान्त्रिक कुरा हो। भोट ब्याङ्क भन्छन् नि, त्यो पनि लोकतान्त्रिक कुरा होइन। भोट त चलायमान हुन्छ नि। मान्छेको विचार-विश्लेषण हुन्छ, विचारमा परिवर्तन आउँछ। नोटको ब्याङ्क हुन्छ। नोटको ब्याङ्क ठिक हो, भोट ब्याङ्कँ ठिक होइन। नोट ब्याङ्क जति राख्यो, त्यति बढ्छ। चलायमान भएर यताउता हुँदैन। भोट चलायमान हुन्छ। झन् अहिले स्थानीय निर्वचनमा २०७४ सालको जे गणित थियो, त्यो गणितको उचाइलाई हामीले घटाएर ल्यायौं। 

२०७४ सालमा एमाले र माओवादी केन्द्र मिल्दा स्थानीय तहको निर्वाचनको मतअनुसार हामी १४ हजारले पछि थियौं। तर मलाई जम्मा दुई हजार ८ सय ६३ मतले जित्नुभयो। भनेपछि त्योबेला १४ हजारको फरक भएको मतमा यहाँका मतदाताको प्रेमले झिनो अन्तरमा ल्याइपुर्‍यायो। अहिले त झन् एमाले र माओवादी एकता भएको अवस्था पनि रहेन। माओवादी केन्द्र हामीसँगै छ। पहिलेभन्दा हामीसँग अलग्गै ऊर्जा पनि छ। एकीकृत समाजवादी एमालेबाट छुट्टिएको छ। त्यो शक्ति पनि हामीसँगै छ। २०७९ को स्थानीय तहअनुसार फरक त्यसै ६-७ हजारको फरक हो। १४ हजारलाई घटाएर २ हजार ८ सय ६३ मा ल्याइयो भने यसपालि त झन् सजिलै छ।

तपाईं नेपाली कांग्रेसको महामन्त्री पनि हुनुहुन्छ। दुई पटक यस निर्वाचन क्षेत्रमा असफल हुनुभो। पार्टीको महामन्त्री नै पराजित हुनुभन्दा सुरक्षित ठाउँ खोज्नु उचित भनेर समेत छलफल चलेको सुनिएको थियो। तर तपाईंले यही क्षेत्रमा आउन जोड किन गर्नुभयो?

nimb
nimb
Ncell 2
Ncell 2

पार्टीको महामन्त्री भएको नाताले सांसद मात्रै बनौं त भनेको भए समानुपातिकमा आफ्नै हातले १ नम्बरमै लेख्न सकिन्थ्यो। किनभने, समानुपातिक सूची सभापति र महामन्त्रीले महामन्त्रीले लिष्टमा फाइनल गर्ने हो। संसदीय बोर्डमा भएको छलफलहरुपछि पनि अन्तिममा छलफल सभापति  र महामन्त्रीहरुले निर्णय लिएको हो। म समानुपातिकमा बसिनँ।

दोस्रो, सांसद बन्नका लागि देशभरिको टिकट बाँडिरहेको मान्छेले बलियो क्षेत्रमा गएर चुनाव लड्ने पनि विकल्प थियो। प्रस्ताव आएका पनि थिए। म त्यता पनि लागिनँ। काठमान्डौं-५  मा पनि प्रस्ताव गरिएको हो। 

काठमान्डौं-५ मा गएको भए, ठूलो बिल्डिङको, बैंक ब्यालेन्स भएकाहरुको, गाडी-घोडा भएकाहरुको, वुद्धिजीवीको सांसद हुन्थें। तर मैले यो भूगोल छाडेको भए अहिले यहाँ चिया टिपिरहेका यी भाउजुहरुको स्नेह पाउने कुरा मैले गुमाउँथे। काकरभिट्टामा, धुलाबारीमा रिक्सा कुदाइरहेकाहरुको माया गुमाउँथे। वुद्धशान्तिमा धनीपुर्जा पर्खिरहेकाको कहाँ महत्व पाउँथे। हात्तिले प्रताडित भइरहेको बाहुनडाँगी सिरानका मानिसहरुको पीडामा मैले कसरी काम गर्ने भन्ने गुमाउँथे। यहाँका बेरोजगारहरुको कुरा गुमाउँथे। यहाँको तटबन्धको काम गर्ने कुरा गुमाउँथे। 

र, मैले के ठानें भने देशको लागि सेवा जहाँ गरे पनि हुन्छ तर जराले जरामै बस्नुपर्छ। मेरो जरा झापा-१ हो। मैले यही मलजल हाल्नुपर्छ। दुई पटक हुँदैन भनेर जसले भन्नुभयो, यो पटक उहाँहरुले नै स्नेह गरेर 'आऊ' भनिरहनुभएको छ। त्यसकारण म यहीँ खडा भएँ।

निर्वाचन घोषणापछि तपाईं झापामै हुनुहुन्छ। यहाँका धेरै ठाउँमा पुग्नु पनि भयो होला। पहिलेको माहोल र अहिलेको माहोलमा कत्ति फरक भेट्नुहुन्छ?

२०७४ सालमा नेपालका दुई वटा कम्युनिष्ट पार्टीहरु एकाएक एक भएका थिए। गणितीय रुपमा पनि 'ए लगे है' भन्ने मनोविज्ञान थियो। दोस्रो कुरा, कम्युनिष्ट पार्टीको सरकार हेरौं न त एक पटक भन्ने खालको पनि थियो। आकांक्षा पनि थियो। 

अहिले एमाले र माओवादी केन्द्रलाई हेरियो नि त भन्ने अवस्था छ। कमरेड प्रचण्डले हार्दिकतापूर्वक प्रधानमन्त्री केपी ओलीलाई पूरै ५ वर्ष तपाईं प्रधानमन्त्री हुनुहोस्, बरु कम्युनिष्ट आन्दोलन जोगाउँ। नेकपा र प्रतिनिधिसभा जोगाउँ,  जनाताको समुन्नति र समृद्धि जोगाउँभन्दा पनि शासन कसरी चल्यो भन्ने देखियो नि त। 

त्यसकारण त्यो बेलाको र अहिलेको मनोविज्ञान फरक छ। त्यसकारण अहिले हामीमा फरक ढंगको ऊर्जा छ। त्यसैले मैले के भन्ने गरेको छु भने, २०७० सालको निर्वाचन विश्वप्रकाश शर्माका लागि परिचय कार्यक्रम जस्तो भयो। २०७४ सालको निर्वाचन अनुभव भयो र २०७९ को निर्वाचन परिणामको हुन्छ। त्यस हिसाबले पनि फरक छ।

तपाईंले कांग्रेसको सरकार आउँदा देशलाई गर्ने मार्गदर्शन अर्थात् घोषणापत्र लेख्ने कामको संयोजन गर्ने जिम्मा पाउनुभयो। त्यो देशको भयो। झापा- १ लागि कस्ता अजेन्डा लिएर मत माग्दै हुनुहुन्छ?

पार्टीको महामन्त्रीका रुपमा हामीले सरकारको नेतृत्व गर्दा ५, १०, १५ वर्षमा देश कहाँ पुर्यााउने भन्ने विषयको खाका कोर्ने कामको नेतृत्व गर्ने जिम्मा मलाई दिइयो। संकल्प प्रस्ताव तयारी समितिको संयोजकका रुपमा एउटा समूहको नेतृत्व गरें। जसले देशकै दृष्टिकोण र सपना राख्नुपर्ने अभिभारा पायो, उसको आफ्नो क्षेत्रको बारेमा स्वभाविक रुपमा दृष्टिकोण छ। मलाई यहाँको विषय थाहा छ। यहाँ हामीले क्रमश: गर्नुपर्ने काममा बाटोका कामहरु छन्। जुन वडा र स्थानीय तहसँग मिलेर गर्नुछ।

कतै प्रदेश सरकारलाई समन्वय गर्नुछ। कहीँ संघसँग मिलेर गर्नुछ। रोजगारीका विषयहरु छन्। देशभरि नै रोजगारी सिर्जना गर्नलाई अर्थतन्त्रलाई समग्रतामै कसरी चलाउने भनेर हेर्नुपर्छ। हात्तीको सन्दर्भमा अब ५ वर्षपछि आउँदा पनि हात्तीकै समस्या समाधान गर्छु भन्दै आएँ भने त्यो कति रमाइलो होला? यस विषयमा मेरा निश्चित दृष्टिकोण छन्। 

भूमिको कुरा गर्दा म प्रवक्ता भएका बेला भूमि आयोगका अध्यक्ष केशव निरौला सरलाई अघिल्लो वर्षको दशैंमा बुद्धशान्तिको आइतबारेदेखि लिएर मिलचोकसम्म अढाई/तीन किलोमिटर पैदल हिँडेर कांग्रेस, एमाले, माओवादी र राप्रपासहित सबैले साझा सहमति बनाएर समाधानतिर अघि बढेका छौं। अहिले धनीपूर्जाका लागि जग्गा नाप्ने काम तीव्र रुपले टुंगिने क्रममा छ। 

हामी पाँच वर्षमा भूमिहीनका समस्या समाधान गर्छौं। तटबन्धनका विषयहरुमा काम गर्छौं। चिया बगानमा काम गर्दै गर्नुभएका महिला दिदीबहिनीहरुको पहिला उहाँहरुले प्राप्त गर्दै गर्दा समान ज्यालाको व्यवस्था थिएन, अहिले समान ज्याला  भएके छ। तर ज्याला बढाउनेदेखि अन्य थुप्रै समस्या छन्। त्यसको हल गर्दै जानुछ।

यस्तो भन्दै गर्दा म पार्टीको महामन्त्री पनि हुने, घोषणपत्र लेख्ने समितिको संयोजक पनि हुने, झापा-१ को कुरा आउँदो ५ वर्षमा छुमन्तर हुन्छ है, समस्या चाहिँ अन्त बाँकी रहन्छ भन्दिनँ। मैले कर्णालीको लागि, मधेसका लागि पनि बोलुँला। तर आफ्नो क्षेत्रको विषय र समस्या बुझ्दछु। यी समस्या हल गर्नका लागि प्रयास गर्नेछु। धेरै गर्छु भन्दिनँ, जति गर्छु भन्छु र ती इमान्दारितापूर्वक गर्छु। 

पार्टीको महामन्त्री हुनुहुन्छ। अर्को महामन्त्री गगन थापाले प्रधानमन्त्रीका लागि समेत प्रयास गर्ने भनेर बोलिरहनुभएको छ। तपाईं आफैं पनि तयार हुनुहुन्छ कि पार्टीका सभापति वा अर्का महामन्त्रीमध्ये एकलाई समर्थन गर्नुहुन्छ?

२०७० सालको निर्वाचनमा विश्वप्रकाश विजयी भएको भए केवल सांसद बन्थ्यो। २०७४ मा विजयी भएको भए मन्त्री बन्थ्यो र २०७९ सालमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा म खडा भइरहेको हुन्थ्यो। म सांसद पनि भइनँ, मन्त्री पनि हुन सकेको छैन। त्यसकारण मैले सिधै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अहिले आफूलाई अघि बढाउने कुरा मेरो राजनीतिक संस्कृतिको दृष्टिले उचित मान्दिनँ।

यद्यपि, त्यसको अर्थ विश्वप्रकाश शर्माले मात्रै होइन, अरुले पनि त सांसद नभई प्रधानमन्त्री बन्न हुँदैन भन्ने होइन। पहिलो पटक सांसद भएर नै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभएको हो। सशील कोइराला एक पटक पनि मन्त्री नभई  प्रधानमन्त्री बन्नुभएकै हो। त्यसकारण हामी त्यो लहरमा उभिन पुगिसक्यौँ। 

विश्वप्रकाश शर्मा झापा-१ बाट विजय भएर गयो भने कांग्रेस पार्टीको संसदीय दलमा यो पटक गगन थापालाई प्रधानमन्त्री बनाउँ न, युवालाई प्रधानमन्त्री बनाउँ न भन्छ। ४०-४२ वर्षभन्दा कम उमेरको मान्छेले फ्रान्स चलाउन हुने, चिलीमा ३५ वर्षको मान्छे प्रधानमन्त्री बन्दा हुने, हामी चाँहि किन बनाउन नसक्ने भन्ने कुरामा मेरो अग्रसरता रहन्छ। त्यो बेलामा कुनै कारणवश गगनजीले 'म खडा हुन्न' भन्ने अवस्था आयो भने स्वभाविक रुपमा संसदीय दलमा 'यहाँ हस्ताक्षर गर म उम्मेदवारको रुमा खडा छु, म बन्छु प्रधानमन्त्री' भनेर दावा गर्ने ठाउँमा चाहिँ म निश्चय नै उभिन्छु। 

तर, मैले यस्तो भन्दै गर्दा राजनीतिमा म नै योग्य भन्ने खालको विसंगत भावना मसँग छैन। आफूसँगैको सहयात्रीलाई उनको पालो अथवा उनको योग्यता म भन्दा बढी छ भनेर अघि सार्ने संकृतिलाई विश्वास गर्छु। त्यसकारण मैले उम्मेदवारका रुपमा अहिले गगन थापा अगाडि सर्दै गर्दा देशभरिका मतदाताले युवाले नेतृत्व लिन हस्तक्षेप गर्न आउँदैछन् भनेर मत दिन अपिल गर्न चाहन्छु।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्