काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि पनि अहिलेको गठबन्धन आवश्यक रहेको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका सिंहले मंसिर ४ को चुनावमा गठबन्धनलाई मत दिनुपर्ने बताए।
काठमाडौंमा शुक्रबार बिहान भएको कार्यक्रममा बोल्दै सिंहले संविधानको रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन आग्रह गरे।
‘आर्थिक विकासको तीव्र इच्छा र आकांक्षा सबैमा छ। यो पूरा गर्न मंसिर ४ मा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिनुहोस्,’ उनले भने, ‘शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन पनि अहिलेको गठबन्धन आवश्यक छ।’
संविधान रक्षा र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लोकतान्त्रिक–वाम गठबन्धनको जित आवश्यक रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।