काठमाडौं– नक्कली करारनामा बनाएर साढे चार करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ घर भएका ३६ वर्षीय नौसद अन्सारी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरगञ्जबाट बुधबार पक्राउ गरी काठमाडौं ल्याएको हो। उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।
सोल्टीमोडको जाकिर हुसेन अन्सार र नौसाद हुसेन अन्सारीको नाममा रहेको कीर्ते करारनामा बनाए घरेलु तथा साना उद्योग र कम्पनी रजिष्ट्रार कार्यालय काठमाडौंमा पेश गरी हिमालय होटल प्रालि नामक कम्पनी दर्ता गराएका थिए।
उक्त कम्पी देखाई राम्रो आम्दानी हुन्छ भन्दै उक्त होटलमा लगानी गर्न भन्दै साढे चार करोड लिएर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।