काठमाडौं– त्रिभुवन विमानस्थलबाट सुनको लेपन गरिएको कार्टुन एक भारतीय नागरिक पक्राउ परेका छन्। दुबईबाट नेपाल एयरलाइन्समा काठमाडौं आएका भारतीय नागरिक मोहमद क्युसिम पक्राउ परेका हुन्।
उनले ल्याएको कार्टुनमाथि शंका लागेर च्याती हेर्दा कार्टुनको बीचको पत्रमा सुनजस्तो देखिने पहँेलो रंगको वस्तुले लेपन गरिएको कार्टुन फेला परेको थियो। अन्दाजी २ केजी ३५० ग्राम र उनलाई शौच गर्न लगाउँदा मलद्वारबाट टेपले बेरिएको सेतो रंगको प्लाष्टिकभित्र सुन जस्तो देखिने पहेँलो रंगको बेलनाकार बनाइएको अर्धठोस पदार्थ पोका थान–२ (दुई) फेला परेको अध्यागमन विभागले जनाएको छ।
उनलाई कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा परीक्षण गर्दा २ केजी ३५० ग्राम कार्टुनलाई गलाएपछि आएको सुनको तौल ४२९.८२० ग्राम र मलद्वारमा लुकाई ल्याएको आएको ३३१ ग्रामलाई गलाएपछि आएको सुनको तौल २५०.८५० ग्राम गरी जम्मा सुनको कुल तौल ६८०.६७० ग्राम रहेको खुल्न विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।