काठमाडौं– रुपन्देहीमा १३ जना मिलेर दुई किशोरीमाथि सामुहिक बलात्कार भएको छ। कञ्चन गाउँपालिकामा १५ र १६ वर्षका दुई किशोरीमाथि १३ जना मिलेर बुधबार बलात्कार भएको हो।
बुधबार राति उक्त गाउँपालिकामा भएको साँस्कृतिक कार्यक्रममा गएका दुई किशोरीमाथि बलात्कार भएको हो रुपन्देही प्रहरीले जनाएको छ ।
बलात्कार आरोपमा प्रहरीले रुपन्देही सैनामैना नगरपालिका–११ का वर्ष १९ पदम कार्की, सोही ठाउँका १८ वर्षीय बबि पाण्डे, अर्का १६ वर्षीय किशोर, अर्का १५ वर्षीय किशोर, रुपन्देहीकै गैँडहवा गाँउपालिका–८ मैनियाका १८ वर्षीय राहुल परियार, सोही ठाउँका २६ वर्षीय रामबहादुर विक, सोही ठाउँका १७ वर्षीय अर्का किशोर, १६ र १४ वर्षका दुई किशोर छन्।
चारजना भने अझै फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
उनीहरूले कुडियाचौरस्थित कञ्चन खोलाको बगरमा लगेर ती दुई किशोरीमाथि बलात्कार गरेको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए। पक्राउ परेकाहरूमाथि अपरहण तथा जबरजस्ती करणीको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।