काठमाडौं– हुण्डी रकमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत नयाँदिल्ली घर भएका ५० वर्षीय कमलकान्त कुल्थिया, भारत राजस्थानका ५५ वर्षीय किशन गोपाल र सप्तरीको राजविराज–१ ६७ वर्षीय निर्मलकुमार अग्रवाल छन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार बिशालबजारबाट पक्राउ गरेको हो।
उनीहरूबाट हुण्डी गर्न लागिएको ३१ लाख ८१ हजार ३८५ रुपैयाँ बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।