काठमाडौं- क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। आज अधिवक्ताहरु कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लव मैनाली र रमण श्रेष्ठले सन्दीपको तर्फबाट बहस गरेका थिए।
सन्दीपका पक्षमा बहस गर्ने वकिलहरुले बलात्कार नै नभएको, केटी बालिग रहेकोले सन्दीपले सफाइ पाउनुपर्ने दावी गरेका थिए।
सन्दीपलाई बलात्कारको आरोप लगाउने किशोरीमाथि बालिग भएको प्रमाण नै पेश भएकाले नाबालिग भन्दै दायर भएको अभियोग नै खारेज हुनुपर्ने उनीहरूको तर्क छ। बहस सकिएपछि अदालतले थुनछेक आदेश सुनाउनेछ। अदालतले थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने आदेश गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।