• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

दलहरूका घोषणापत्रमा स्यानिटरी प्याड निःशुल्कदेखि किन्नलाई पैसा दिनेसम्मः कति सम्भव? 

64x64
सुमित्रा कार्की बिहीबार, कात्तिक १७, २०७९  १७:३५
1140x725

काठमाडौं– आगामी मंसिर ४ गते हुने आमनिर्वाचनका लागि प्रमख राजनीतिक दलहरूले सार्वजनिक गरेको घोषणापत्रमा महिलालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्नेदेखि पैसा बाड्नेसम्मको प्रतिबद्धता जनाएका छन्। 

गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गरिने घोषणा गरेको छ। शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले उक्त घोषणा गरेको हो। सरकारले छात्राहरूलाई निःशुल्क प्याड वितरण गर्दै आएको  छ। ०७६ मा बनाएको स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिमा किशोरअवस्थाका छात्राहरूलाई महिनावारी व्यवस्थापन सामग्री वितरण गर्ने भनिएको थियो।

उक्त कार्यविधिअनुसार छात्राहरूलाई वितरण गरिएको प्याडको गुणस्तरमाथि प्रश्न उठिरहेको थियो। साथै, प्याड वितरणको नाममा स्थानीय सरकारले गरेका भ्रष्टाचारको समेत समाचार आइरहेको थियो। पछिल्लो समय सरकारले स्यानिटरी प्याडको आयात करमा ९० प्रतिशत छुट दिएको छ। अहिले कांग्रेसले भने छात्रालाई मात्रै नभई सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गरिने घोषणा गरेको हो।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि नगद दिने घोषणा गरेको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सोबारे जानकारी गराएका हुन्।

अध्यक्ष ओलीले आफ्नो चुनावी घोषणापत्रमार्फत एमालेले त्यस्ता महिलाका लागि १,५०० रूपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्। साथै, प्रसूति सेवा सुनिश्चित, हवाई एम्बुलेन्स लगायतको व्यवस्था गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख छ। अन्य प्रमुख दलका पार्टीका घोषणापत्रमा भने स्यानिटरी प्याड दिने वा पैसा बाँड्ने भन्ने प्रतिबद्धता व्यक्त गरेका छैनन्। 

Ncell 2
Ncell 2

कति सम्भव? 

हाल नेपालको जनसंख्याको आधारमा हेर्ने हो भने ५१ प्रतिशतभन्दा ठूलो हिस्सा महिलाले ओगटेका छन्। ०७८ को जनगणनाअनुसार हाल नेपालमा दुई करोड ९१ लाख ९२ हजार ४८० जनसंख्या रहेको छ। त्यसमा महिला जनसंख्या एक करोड ४५ लाख ९६ हजार २४० रहेको छ। एमालेले भनेझै प्रत्येक महिलालाई वार्षिक १,५०० सय रुपैयाँ वितरण गर्ने हो भने उसले प्याड वितरण गर्नका लागि वार्षिक २१ अर्ब ८९ करोड ४३ लाख ६० हजार रुपैयाँ बराबर रकम वार्षिक रुपमा वितरण गर्नुपर्ने देखिन्छ। 

यसरी बजेटका आधारमा हेर्दा प्याड वितरणमा नै वार्षिक ठूलो रकम छुट्याउनुपर्ने जानकारहरू बताउँछन्।  नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष विश्व थापा स्यानिटरी प्याडसम्बन्धी यसअघि ल्याएका योजनाहरू कार्यान्वयन हुन नसकेकाले दलहरूले ल्याएका नयाँ योजनामाथि शंका गर्छन्। 

‘यसअघि पनि सरकारले नै सरकारी विद्यालयमा कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने योजना बनाएको थियो। तर, त्यो अहिलेसम्म पनि प्रभावकारी हुन सकेको छैन,’ उनी भन्छन्, ‘सरकारले बजेटमार्फत नै ल्याएर कार्यविधि बनाएर गरेका काम त पूरा हुन सकेन भने कुनै पनि दलले आफ्नो घोषणापत्रमा राखेको प्रतिबद्धता पूरा हुन्छ भनेर कसरी विश्वास गर्ने?, प्रश्न उठाउने प्रशस्तै ठाउँ छ।’

थापाका अनुसार निःशुल्क प्याड वितरण गर्नका लागि राजनीतिक दल तथा सरकारले धेरै गृहकार्य गरेर काम गर्नुपर्ने अवस्था छ। सम्भावना न्यून भएता पनि राजनीतिक दलले सरकारमा गएर यस्तो प्रतिवद्धताहरू पूरा गर्ने हो भने यसले महिलाहरूलाई महिनावारीको समयमा भने केही राहत हुने उनी बताउँछन्।  

‘चुनाव आउँदा हरेक राजनीतिक दलले आफ्नो घोषणापत्रमा ठूला–ठूला योजना ल्याएका हुन्छन्। तर, कार्यान्वयनको पाटोमा विश्वास गर्ने आधार अहिलेसम्म बन्न सकेको छैन। दलको यो घोषणापत्र पनि विश्वास गर्ने आधार नभएको हुँदा स्यानिटरी प्याड वितरणको सम्भावना न्यून नै देखिन्छ,’ थापा भन्छन्। 


 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १७:३५
  • #घोषणापत्र २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह आयोगले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यस सम्बन्धमा मेटा र टिकटकका प्रतिनिधिसँग सम्पर्क भइसकेको जनाएको छ । शुक्रबार, पुस २५, २०८२
आगामी प्रतिनिधि सभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स... बिहीबार, पुस २४, २०८२
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन... बुधबार, पुस २३, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्