• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

दलहरूका घोषणापत्रमा स्यानिटरी प्याड निःशुल्कदेखि किन्नलाई पैसा दिनेसम्मः कति सम्भव? 

64x64
सुमित्रा कार्की बिहीबार, कात्तिक १७, २०७९  १७:३५
1140x725

काठमाडौं– आगामी मंसिर ४ गते हुने आमनिर्वाचनका लागि प्रमख राजनीतिक दलहरूले सार्वजनिक गरेको घोषणापत्रमा महिलालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्नेदेखि पैसा बाड्नेसम्मको प्रतिबद्धता जनाएका छन्। 

गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गरिने घोषणा गरेको छ। शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले उक्त घोषणा गरेको हो। सरकारले छात्राहरूलाई निःशुल्क प्याड वितरण गर्दै आएको  छ। ०७६ मा बनाएको स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिमा किशोरअवस्थाका छात्राहरूलाई महिनावारी व्यवस्थापन सामग्री वितरण गर्ने भनिएको थियो।

उक्त कार्यविधिअनुसार छात्राहरूलाई वितरण गरिएको प्याडको गुणस्तरमाथि प्रश्न उठिरहेको थियो। साथै, प्याड वितरणको नाममा स्थानीय सरकारले गरेका भ्रष्टाचारको समेत समाचार आइरहेको थियो। पछिल्लो समय सरकारले स्यानिटरी प्याडको आयात करमा ९० प्रतिशत छुट दिएको छ। अहिले कांग्रेसले भने छात्रालाई मात्रै नभई सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गरिने घोषणा गरेको हो।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि नगद दिने घोषणा गरेको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सोबारे जानकारी गराएका हुन्।

अध्यक्ष ओलीले आफ्नो चुनावी घोषणापत्रमार्फत एमालेले त्यस्ता महिलाका लागि १,५०० रूपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्। साथै, प्रसूति सेवा सुनिश्चित, हवाई एम्बुलेन्स लगायतको व्यवस्था गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख छ। अन्य प्रमुख दलका पार्टीका घोषणापत्रमा भने स्यानिटरी प्याड दिने वा पैसा बाँड्ने भन्ने प्रतिबद्धता व्यक्त गरेका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कति सम्भव? 

हाल नेपालको जनसंख्याको आधारमा हेर्ने हो भने ५१ प्रतिशतभन्दा ठूलो हिस्सा महिलाले ओगटेका छन्। ०७८ को जनगणनाअनुसार हाल नेपालमा दुई करोड ९१ लाख ९२ हजार ४८० जनसंख्या रहेको छ। त्यसमा महिला जनसंख्या एक करोड ४५ लाख ९६ हजार २४० रहेको छ। एमालेले भनेझै प्रत्येक महिलालाई वार्षिक १,५०० सय रुपैयाँ वितरण गर्ने हो भने उसले प्याड वितरण गर्नका लागि वार्षिक २१ अर्ब ८९ करोड ४३ लाख ६० हजार रुपैयाँ बराबर रकम वार्षिक रुपमा वितरण गर्नुपर्ने देखिन्छ। 

यसरी बजेटका आधारमा हेर्दा प्याड वितरणमा नै वार्षिक ठूलो रकम छुट्याउनुपर्ने जानकारहरू बताउँछन्।  नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष विश्व थापा स्यानिटरी प्याडसम्बन्धी यसअघि ल्याएका योजनाहरू कार्यान्वयन हुन नसकेकाले दलहरूले ल्याएका नयाँ योजनामाथि शंका गर्छन्। 

Xtrem
Xtrem

‘यसअघि पनि सरकारले नै सरकारी विद्यालयमा कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने योजना बनाएको थियो। तर, त्यो अहिलेसम्म पनि प्रभावकारी हुन सकेको छैन,’ उनी भन्छन्, ‘सरकारले बजेटमार्फत नै ल्याएर कार्यविधि बनाएर गरेका काम त पूरा हुन सकेन भने कुनै पनि दलले आफ्नो घोषणापत्रमा राखेको प्रतिबद्धता पूरा हुन्छ भनेर कसरी विश्वास गर्ने?, प्रश्न उठाउने प्रशस्तै ठाउँ छ।’

थापाका अनुसार निःशुल्क प्याड वितरण गर्नका लागि राजनीतिक दल तथा सरकारले धेरै गृहकार्य गरेर काम गर्नुपर्ने अवस्था छ। सम्भावना न्यून भएता पनि राजनीतिक दलले सरकारमा गएर यस्तो प्रतिवद्धताहरू पूरा गर्ने हो भने यसले महिलाहरूलाई महिनावारीको समयमा भने केही राहत हुने उनी बताउँछन्।  

‘चुनाव आउँदा हरेक राजनीतिक दलले आफ्नो घोषणापत्रमा ठूला–ठूला योजना ल्याएका हुन्छन्। तर, कार्यान्वयनको पाटोमा विश्वास गर्ने आधार अहिलेसम्म बन्न सकेको छैन। दलको यो घोषणापत्र पनि विश्वास गर्ने आधार नभएको हुँदा स्यानिटरी प्याड वितरणको सम्भावना न्यून नै देखिन्छ,’ थापा भन्छन्। 


 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १७:३५
  • #घोषणापत्र २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्