काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा-पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रम आयोजना गरी सो पार्टीले चुनावी वाचा-पत्र सार्वजनिक गरेको हो।
वाचा-पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्दलीय व्यक्ति मात्रै राष्ट्रपति बन्न पाउनुपर्ने अजेन्डा राखेको छ। औपचारिक रुपमा पार्टी परित्याग गरेको व्यक्ति नभइ, १० वर्षसम्म कुनै पनि राजनीतिक दलमा नलागेको व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्ने उसको मत छ।
त्यस्तै, अहिलेको उपराष्ट्रपतिको व्यवस्था काम नलाग्ने भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभाका अध्यक्षलाई नै उपराष्ट्रपति बनाउनुपर्ने धारणा राखेको छ।
त्यस्तै, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने उसको मत छ। प्रदेशका मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने उसको वाचा-पत्रमा उल्लेख छ। प्रदेश सभाको ठाउँमा प्रदेश परिषद् हुनुपर्ने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।