काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रतिनिधि सभाकी निवर्तमान सदस्य दुर्गा पौडेललाई ’कान्छी भाउजु’ भन्दै कटाक्ष गरेका छन्। पौडेलले च्याँखे थापेको भन्दै ओलीले आलोचनासमेत गरे।
काठमाडौं–१ मा बुधबार आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै ओलीले सो पार्टीले एउटा सिट भएर पनि भष्मासुरको शैली देखाएको बताए। ‘एमाले सरकार ढालेको भनेर बुरुक–बुरुक–बुरुक भएको छ,’ उनले भने।
ओली प्रधानमन्त्री छँदा उनले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध गठन भएको विपक्षी गठबन्धनमा राजमो पनि सहभागी थियो। पछि आफ्नो साथ छोडेको भन्दै ओली रिसाएका छन्।
’एउटा मोहनविक्रमजीको पार्टी छ। हामीले भोट खसाइदिएर कान्छी भाउजुलाई ल्याइदियौँ। भरै त हाम्रै टाउकोमा, भष्मासुर भएर यसो ग¥यो (टाउकोमा हात)’, उनले भने।
ओलीले भोट खसालेर आफूहरूले संसद्मा ल्याएपछि ’कान्छी भाउजु’ अर्कैतिर गएको बताइन्। उनले भने, ’सुदृढ राष्ट्रिय राजनीतिक शक्ति निर्माण सकिएन भने च्याँखेहरूले सधैं खेलिरहन्छन्।’
उपाध्यक्ष पौडेल नेकपा (एकता केन्द्र)का महामन्त्री मोहनविक्रम सिंहकी कान्छी श्रीमती हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।