• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सुदूरपश्चिम प्रदेश : २०४८ मै चुनाव लडेका ४ उम्मेदवार मैदानमा

64x64
शेरबहादुर ऐर बिहीबार, कात्तिक १७, २०७९  ०७:११
1140x725

धनगढी– मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट २०४८ सालमै चुनाव लडेका ४ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्। 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री लेखराज भट्ट, पूर्वमन्त्री रामजनम चौधरी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु पहिलोपटक प्रतिस्पर्धा गरेको ३१ वर्षपछि पनि चुनावी मैदानमा छन्। २०४८ सालको निर्वाचनमा देउवा, बडु र चौधरी विजयी भएका थिए भने भट्ट पराजित भएका थिए। 

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा उमेरले पाका हुन्। जो डडेल्धुराबाट यसपल्ट पनि चुनाव जितेमा सात पटक सांसद बन्नेछन्। देउवा डडेल्धुराबाट पहिलो पटक सांसद बन्दा ४४ वर्षका थिए।

दार्चुलाबाट दिलेन्द्रप्रसाद बडु कांग्रेसबाट प्रत्यक्षमा उम्मेदवार छन्। उनी २०४८ सालदेखि सोही निर्वाचन क्षेत्रमा उमेदवार बनेका छन्। २०५६ सालको आम निर्वाचनमा बडु प्रतिनिधि सभामा निर्वाचित भएका थिए। २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका बडु यस पटक प्रत्यक्षतर्फ निर्वाचनमा होमिएका छन्।

२०७० र ०७४ सालको चुनावमा लगातार जित हात पारेका नेकपा एमालेका गणेश सिंह ठगुन्ना बडुसँग प्रतिस्पर्धामा छन्।

२०६४ सालको निर्वाचनमा तत्कालीन कैलाली- ५ (हालको निर्वाचन क्षेत्र नम्बर ४) मा नेकपा माओवादी केन्द्रबाट विजयी बनेका भट्ट २०७० सालमा नेपाली कांग्रेसका उम्मेदवार दीर्घराज भाटसँग पराजित भएका थिए।

२०७४ सालमा कैलाली- ४ बाट नेपाली कांग्रेसका सुनिल भण्डारीलाई हराउँदै बाम-गठबन्धनबाट प्रतिनिधि सभामा भट्ट विजयी भएका थिए। उनी अहिले प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरसँग प्रतिस्पर्धा गर्दैछन्।

कैलाली- २ बाट २०४८ सालमा सांसद बनेका थिए पूर्वमन्त्री रामजनम चौधरी। पाँच पटक सांसद बनेका चौधरी छैटौं पटक पनि सांसद बन्ने दाउमा रहेका छन्। उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भने पराजित भएका थिए।

Ncell 2
Ncell 2

२०७४ को चुनावमा कैलाली- ३ मा बाम गठबन्धनसँग हारेका पूर्वमन्त्री चौधरीलाई कांग्रेसले यस पटक कैलाली- १ मा उम्मेदवार बनाएको हो। गठबन्धनको बलमा २०७४ को हारलाई जितमा बदल्ने योजनाका साथ चौधरी कस्सिएका छन्।

उनी २०७४ को निर्वाचनमा कैलाली- ३ बाट बाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार गौरीशंकर चौधरीसँग पराजित भएका थिए। अहिले गौरीशंकर माओवादी त्यागेर एमालेमा छन्।

रामजनम २०४८ देखि २०७० सम्म अपराजित नेता हुन्। उनले २०४८, २०५१ र २०५६ मा कैलाली- २ मा कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचन जिते। २०५१ मा एमालेको लहर चलेको बेला पनि उनले जित हात पारे। २०६४ मा चुनाव लड्दा जित सुनिश्चित नहुने बुझेपछि विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिक कोटाबाट सभासद चुनिएका थिए चौधरी।

२०७० सालमा दोस्रो संविधान सभा चुनावमा मधेशी जनअधिकार फोरमबाट कैलाली- ३ बाट चुनाव जितेका रामजनम पहिलो पटक २०७४ सालको चुनावमा पराजित भएका थिए।

कैलाली- ३ मा रामजनम बामगठबन्धनबाट माओवादीका गौरीशंकरसँग चार हजार तीन सय ८५ मतान्तरले पराजित भएका थिए। यस पटक गठबन्धनको साथले २०७४ को हारको बदला लिँदै रामजनम जित निकालेर फेरि संसद यात्रा तय गर्ने योजनामा छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  ०७:११
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् । शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर... सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्ध... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
आधिकारिकता पाएसँगै कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै शनिबार, माघ ३, २०८२
एमालेले आज प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलायो शनिबार, माघ ३, २०८२
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु शनिबार, माघ ३, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्