काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि जापानका राजदूत युताका किकुताबीच भेटवार्ता भएको छ। उनीहरूबीच बुधबार निर्वाचन आयोगमा शिष्टाचार भेटघाट भएको हो।
उक्त भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशका निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
भेटका क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अवलोकन गर्नसमेत राजदूतलाई आमन्त्रण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।