काठमाडौं– भारत सरकारले नेपालको निर्वाचनलाई सहयोग गर्न २०० वटा सवारीसाधन प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार आयोजित एक समारोहबीच अर्थमन्त्री जनर्दन शर्मालाई सहयोग हस्तान्तरण गरेका हुन्।
‘यी सवारीसाधनले आसन्न निर्वाचनमा नेपालका विभिन्न संस्थालाई आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने विश्वास हामीले लिएका छौं,’ भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका सवारीसाधन निर्वाचनका दौरान प्रयोग गरिनेछ। जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।