• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २२, २०८३ Fri, Aug 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

०७४ र ७९ को घोषणापत्रमा एमालेको असंगति : प्रतिव्यक्ति आय, विद्युत उत्पादन र पर्यटक संख्यामा घट्यो लक्ष्य

64x64
ईश्वर बराल मंगलबार, कात्तिक १५, २०७९  १८:२६
1140x725

काठमाडौं- २०७४ मा एमाले र माओवादी केन्द्रले जारी गरेको साझा घोषणापत्रमा भनिएको थियो- '१० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर पुग्ने गरी आर्थिक वृद्धिलाई १० प्रतिशतभन्दा माथि पुर्‍याउने राष्ट्रिय अर्थतन्त्र निर्माण गरिनेछ।'

घोषणापत्रका एक पक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली समेतको सो बाचा अनुसार आगामी २०८४ सम्म नेपालीको प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुग्ने लक्ष्य पछ्याइरहेको हुनुपर्ने हो। तर, यसबीचमा ४१ महिना सरकारको नेतृत्वका गरेका ओलीले २०७९ को निर्वाचनका लागि मंगलबार जारी गरेको घोषणापत्रमा सोही लक्ष्य खुम्च्याइएको छ।

मंगलबार जारी घोषणापत्रमा नेपालको औसत प्रतिव्यक्ति आय २ हजार ४ सय पुर्‍याउने घोषणा गरिएको छ। यस्तै, ४८ खर्बको कुल गार्हस्थ उत्पादन (जीडीपी) लाई आगामी पाँच वर्षभित्र १ सय खर्ब पुऱ्याउने भनिएको छ।

यस्तै, अघिल्लो चुनावी घोषणापत्रमा रासायनिक किटनाशक विषादीको ठाउँमा प्राङ्गारिक विषादी प्रयोग गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो। १० बर्षभित्र नेपाललाई प्राङ्गारिक मुलुक घोषणा गर्ने घोषणापत्रमा उल्लेख थियो। तर ५ बर्षपछि जारी घोषणापत्रमा भने पाँच वर्षभित्र रासायनिक मल कारखाना स्थापना गर्ने भनिएको छ।

त्यतिबेलाको बाचा अनुसार हुन्थ्यो भने प्राङ्गारिक मुलुक बन्ने प्रक्रिया अघि बढेको हुन्थ्यो। तर अब एमालेले लक्ष्य बदलेर रासायनिक मल कारखाना स्थापना गर्ने भनेको छ। यसमा सफलता पाउने कुरामा शंका त छँदैछ, अघिल्लो प्रतिबद्धता बदल्नुको कारण समेत प्रष्ट छैन। कि त्यतिबेलाको प्रतिबद्धतामा इमानदारिता थिएन। कि, यसपटक इमानदार छैन भन्ने देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

यद्यपि, प्राङ्गारिक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न र त्यसबाट उत्पादन हुने ग्यास एवं विद्युतको प्रयोगका लागि सहुलियतका तरिका (स्किम)उपयोगमा ल्याइने भने उद्घोष भने घोषणापत्रमा गरिएको छ।

यस्तै, २०७४ मा सरकारको नेतृत्व गर्न पाए पहिलो वर्षदेखि सुरु गरेर दोस्रो वर्षमा सम्पन्न हुने गरी काठमाडौंमा पेट्रोलियम वाहनहरुलाई विद्युतीय वाहनबाट प्रतिस्थापन गर्ने घोषणापत्रमा उल्लेख गरेको थियो। तर, ४१ महिनाको शासनकालमा ओली नेतृत्वको सरकारले २० वर्षभन्दा पुराना यातायातका साधन समेत विस्थापन गर्ने प्रयास असफल भयो।

त्यस्तै, १० वर्षमा जल, जैविक, सौर्य, वायु फोहर प्रशोधन र अन्य वैकल्पिक माध्यमबाट २० हजार मेगावाट विद्युत उत्पादन गर्ने घोषणापत्र अनुमोदित भएर सरकारको नेतृत्व गरेका ओलीले आगामी पाँच वर्षभित्र ६ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने प्रतिबद्धता प्रस्तुत गरेका छन्।

२०७४ को प्रतिबद्धता अनुसार, २०८४ मै २० हजार मेगावाट विद्युत उत्पादन हुनुपर्ने हो। तर मंगलबारको घोषणापत्रले त्यतिञ्जेलसम्म ६ हजार ५ सय मेगावाटको लक्ष्य राखेको छ। अझ उसले २०८९ मा पनि कुल १५ हजार मेगावाटको लक्ष्य प्रस्तुत गरेको छ। जुन अघिल्लो घोषणापत्रसँग तादम्यता नमिलेको प्रमाण हो।

पुरानो प्रतिबद्धताको लक्ष्यमा असंगति रहेको अर्को विषय हो, पर्यटक भित्र्याउने लक्ष्य। २०७४ मा १० वर्षमा ५० लाख पर्यटकहरु भित्र्याउने गरी प्रचारप्रसार, बजार प्रबर्द्धन, पूर्वाधार निर्माण र पथप्रर्दशकहरुका लागि तालिम केन्द्रहरुको स्थापना गर्ने वाचा गरिएको थियो। तर आसन्न ५ वर्षमा भने नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख पुर्‍याउने मंगलबार जारी घोषणापत्रमा उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १८:२६
  • #घोषणापत्र २०७९
  • #नेकपा_एमाले

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
सर्वोच्च अदालतले कांग्रेसबारे हात हालेकोमा पार्टी उपसभापति विश्वप्रकाश के भन्छन् [हेरौं भिडियो] शुक्रबार, साउन २२, २०८३
लाइसेन्सको लाइन समस्या समाधान भएको सरकारको दाबी, नयाँ ईडीएल र भीआरएस प्रणाली लागू शुक्रबार, साउन २२, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए शुक्रबार, साउन २२, २०८३
सामाजिक सञ्जालमा लागेको आरोपपछि महासंघ झापाका अध्यक्ष गिरीको सार्वजनिक स्पष्टीकरण (भिडियो) शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्