• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक १५, २०८२ Sat, Nov 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

एमालेको घोषणापत्र: राष्ट्रियतालाई ‘चुनावी हतियार’ बनाउने संकेत 

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १५, २०७९  १६:२२
1140x725

काठमाडौं–  नेकपा एमालेले आगामी निर्वाचनको मुख्य हतियार राष्ट्रियतालाई बनाउने संकेत घोषणापत्रबाट गरेको छ। घोषणापत्रको कभरदेखि भित्रीभागका चित्रमा समेत चुच्चे नक्सालाई प्रशस्त अवसर दिइएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ प्रशासनिक–राजनीतिक नक्सा प्रकाशित गरिनुका साथै  नेपालको संविधानको अनुसूची ३ संशोधन गरी निशान छापमा समावेश गरिएको विषय विभिन्न उपशीर्षकमा दोहोरिएको छ। 

एमालेले घोषणापत्रमा प्रस्तुत गरेकका ‘२० ग्यारेन्टी’को दोस्रो नम्बरमा ‘नेपालीलाई मात्रै नागरिकता’ भनेर  पहाडमा राष्ट्रवाद अझ विस्‍तार गर्ने दर्शाएको छ। संक्षिप्तमा नेपालीलाई मात्रै नागरिकता दिने उल्लेख गरेको एमालेले यसको सविस्तारमा भनेको छ, ‘हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन्। सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र ६ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिने छ। एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने छ।’

यसैगरी एमालेले अघि सारेको ‘सुशासन, विकास, समृद्धि र समानताका लागि  ५ वर्षे नीति तथा प्राथमिकता’मा पनि राष्ट्रियतालाई जोड दिएको छ।  ‘हाम्रो मूल मन्त्रः बलियो राष्ट्रियता र सदृढ लोकतन्त्र’ भनिएको छ। ‘नेकपा एमाले राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताप्रति सचेत छ,  प्रतिबद्ध छ र संवेदनशील छ। यसले न्याय, समानता, सद्भाव, समद्धि र गौरवका माध्यमबाट राष्ट्रिय एकतालाई सदृढ र मजबुत बनाउनेछ। मैत्रीभाव, सक्रियता र एकतालाई नेपालको राष्ट्रिय नीति र समाजकोमूल चरित्रका रूपमा विकास गर्नेछ,’ एमालेले घोषणापत्रमा भनेको छ।

यसैगरी एमालेले प्रस्तुत गरेका ‘८२ माइलस्टोन’मा राष्ट्रियतासँग जोडिएका ९ बुँदा छन्। ‘राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वाभिमान अभिवृद्धि र राष्ट्रियता सुदृढीकरण’ भन्ने उपशीर्षका केही महत्वपूर्ण बुँदा यसप्रकार छन् :

१) नेपाल–भारत सम्बन्धको सन्दर्भमा ‘प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी)’ गठन गरिएको। १९५० को सन्धी लगायत दुई देशबीच भएका द्विपक्षीय सन्धि र सम्झौताहरुको पुनरावलोकन गरी समस्या हल गर्न सहमतिमा सुझाव प्रतिवेदन तयार गरियो।

२) सुदूरपश्चिम प्रदेशको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आफ्नो भूभाग समेटेर नयाँ प्रशासनिक–राजनीतिक नक्सा प्रकाशित गरिएको। चुच्चे नक्साको नाममा चर्चित नेपालको नक्सालाई संसद्‌ले सर्वसम्मत रुपमा संविधानको अनुसूची ३ संशोधन गरी निशान छापमा समावेश गरिएको।

३) प्रतिनिधि सभा र राष्ट्रिय सभाको सर्वसम्मत निर्णयसहित नेपालको संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको राजनीतिक र प्रशासनिक सीमासहितको नयाँनक्साको प्रकाशन गरियो।

Ncell 2
Ncell 2

एमालेले यसअघि आफ्ना सरकारले गरेका राष्ट्रियताका कुरालाई पनि घोषणापत्रमा उल्लेख गरेको छ। २०५१ सालको ९ महिने सरकारका पालामा भारतसँग १९५० को असमान सन्धि पुनरावलोकनका लागि औपचारिक प्रस्ताव अघि बढाएको घोषणापत्रमा उल्लेख गरिएको छ। यसैगरी बंगलादेशसँगको सिधा सम्पर्कका लागि फूलबारी बङ्लाबन्ध बाटोको माग गरिइएको बताइएको छ। 

२०७२ सालमा ओलीकै नेतृत्वको सरकारले भारतको नाकाबन्दीविरुद्ध गरेको प्रतिवाद पनि घोषणापत्रमा उल्लेख छ। भनिएको छ,  ‘संविधान जारी गरेवापत लगाइएको नाकाबन्दीको दृढतापूर्वूक सामना गर्दै मुलुकको स्वाभिमान एवं स्वाधीनताको रक्षाका लागि नेपाल सक्षम छ भन्ने उदाहरण प्रस्तुत गरियो। यस कदम सँगै आम नेपालीमा आफ्नो सभ्यता, संस्कृति, गौरवपूर्ण इतिहास र राष्ट्रिय भावको पुनरोदय भयो।’

 यसैगरी २०७४ सालको निर्वाचनपछि आफ्नै नेतृत्वको सरकारले चुच्चे नक्सा जारी गरेको घोषणापत्रमा उल्लेख छ। ‘सिङ्गो नेपाललाई एक ढिक्का बनाइ संविधानमा सर्वसम्मत संशोधन गरी अतिक्रमित भूभागहरू (लिम्पियाधुरा, लिपलेकु र कालापानी) समेटी नेपालको नयाँनक्सा प्रकाशन गऱ्यो,’ घोषणापत्रमा भनिएको छ। 

ओलीले घोषणापत्र सार्वजनिक कार्यक्रमको बहसमा पनि सूर्यमा भोट हाल्ने कारणमा पनि राष्ट्रियताको विषयलाई उल्लेख गरेका छन्।  उनले भने, ‘दासता अस्वीकार गरेको। राष्ट्रका लागि बलिदान गर्न तयार। पराधीन हुन कहिल्यै तयार नभएको। यसको स्वाधीनता र स्वतन्तन्त्रता, सार्वभौम सत्ता र भौगोलिक अखण्डता कायम राख्न राष्ट्रिय हित कायम राख्न सूर्यमा भोट हाल्नुपर्छ।’ 

एमाले अध्यक्ष ओलीले चुनावी अभियान पनि लिम्पियाधुरा, लिपुलेक र कालपानी रहेको दार्चुला जिल्लाबाट थाल्दैछन्। कात्तिक १८ गते हेलिकप्टरमार्फत् दार्चुला पुगेर सदरमुकाम खलंगामा आमसभालाई सम्बोधन गर्दै चुनावी अभियान सुरु भएको घोषणा गर्ने तयारी छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १६:२२
  • #नेकपा_एमाले
  • #घोषणापत्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग २ : अमेरिकालाई नेपालले दियो २७२ रनको चुनौतीपूर्ण लक्ष्य
अध्यक्षले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
ऊर्जामन्त्री घिसिङ भन्छन्– विद्युत् बक्यौता उठाउने मेरो इमानदार प्रयास हो
सम्बन्धित सामग्री
कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। बिहीबार, असोज ९, २०८२
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
विश्वकप लिग २ : अमेरिकालाई नेपालले दियो २७२ रनको चुनौतीपूर्ण लक्ष्य शनिबार, कात्तिक १५, २०८२
अध्यक्षले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई शनिबार, कात्तिक १५, २०८२
ऊर्जामन्त्री घिसिङ भन्छन्– विद्युत् बक्यौता उठाउने मेरो इमानदार प्रयास हो शनिबार, कात्तिक १५, २०८२
गुण्डुमा सुरु भयो एमालेको सचिवालय बैठक शनिबार, कात्तिक १५, २०८२
एपीएफले तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका ११ नेपालीको गर्यो उद्धार शनिबार, कात्तिक १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
आज यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना शुक्रबार, कात्तिक १४, २०८२
फेरि बढ्यो सुनको मूल्य शुक्रबार, कात्तिक १४, २०८२
‘मोन्था’ को प्रभाव कम हुँदै , पश्चिमी वायु र न्यूनचापीय प्रणालीले आज यी स्थानमा वर्षा शनिबार, कात्तिक १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्