• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

एमालेको घोषणापत्र: राष्ट्रियतालाई ‘चुनावी हतियार’ बनाउने संकेत 

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १५, २०७९  १६:२२
1140x725

काठमाडौं–  नेकपा एमालेले आगामी निर्वाचनको मुख्य हतियार राष्ट्रियतालाई बनाउने संकेत घोषणापत्रबाट गरेको छ। घोषणापत्रको कभरदेखि भित्रीभागका चित्रमा समेत चुच्चे नक्सालाई प्रशस्त अवसर दिइएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ प्रशासनिक–राजनीतिक नक्सा प्रकाशित गरिनुका साथै  नेपालको संविधानको अनुसूची ३ संशोधन गरी निशान छापमा समावेश गरिएको विषय विभिन्न उपशीर्षकमा दोहोरिएको छ। 

एमालेले घोषणापत्रमा प्रस्तुत गरेकका ‘२० ग्यारेन्टी’को दोस्रो नम्बरमा ‘नेपालीलाई मात्रै नागरिकता’ भनेर  पहाडमा राष्ट्रवाद अझ विस्‍तार गर्ने दर्शाएको छ। संक्षिप्तमा नेपालीलाई मात्रै नागरिकता दिने उल्लेख गरेको एमालेले यसको सविस्तारमा भनेको छ, ‘हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन्। सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र ६ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिने छ। एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने छ।’

यसैगरी एमालेले अघि सारेको ‘सुशासन, विकास, समृद्धि र समानताका लागि  ५ वर्षे नीति तथा प्राथमिकता’मा पनि राष्ट्रियतालाई जोड दिएको छ।  ‘हाम्रो मूल मन्त्रः बलियो राष्ट्रियता र सदृढ लोकतन्त्र’ भनिएको छ। ‘नेकपा एमाले राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताप्रति सचेत छ,  प्रतिबद्ध छ र संवेदनशील छ। यसले न्याय, समानता, सद्भाव, समद्धि र गौरवका माध्यमबाट राष्ट्रिय एकतालाई सदृढ र मजबुत बनाउनेछ। मैत्रीभाव, सक्रियता र एकतालाई नेपालको राष्ट्रिय नीति र समाजकोमूल चरित्रका रूपमा विकास गर्नेछ,’ एमालेले घोषणापत्रमा भनेको छ।

यसैगरी एमालेले प्रस्तुत गरेका ‘८२ माइलस्टोन’मा राष्ट्रियतासँग जोडिएका ९ बुँदा छन्। ‘राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वाभिमान अभिवृद्धि र राष्ट्रियता सुदृढीकरण’ भन्ने उपशीर्षका केही महत्वपूर्ण बुँदा यसप्रकार छन् :

१) नेपाल–भारत सम्बन्धको सन्दर्भमा ‘प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी)’ गठन गरिएको। १९५० को सन्धी लगायत दुई देशबीच भएका द्विपक्षीय सन्धि र सम्झौताहरुको पुनरावलोकन गरी समस्या हल गर्न सहमतिमा सुझाव प्रतिवेदन तयार गरियो।

२) सुदूरपश्चिम प्रदेशको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आफ्नो भूभाग समेटेर नयाँ प्रशासनिक–राजनीतिक नक्सा प्रकाशित गरिएको। चुच्चे नक्साको नाममा चर्चित नेपालको नक्सालाई संसद्‌ले सर्वसम्मत रुपमा संविधानको अनुसूची ३ संशोधन गरी निशान छापमा समावेश गरिएको।

३) प्रतिनिधि सभा र राष्ट्रिय सभाको सर्वसम्मत निर्णयसहित नेपालको संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको राजनीतिक र प्रशासनिक सीमासहितको नयाँनक्साको प्रकाशन गरियो।

Ncell 2
Ncell 2
nimb
nimb

एमालेले यसअघि आफ्ना सरकारले गरेका राष्ट्रियताका कुरालाई पनि घोषणापत्रमा उल्लेख गरेको छ। २०५१ सालको ९ महिने सरकारका पालामा भारतसँग १९५० को असमान सन्धि पुनरावलोकनका लागि औपचारिक प्रस्ताव अघि बढाएको घोषणापत्रमा उल्लेख गरिएको छ। यसैगरी बंगलादेशसँगको सिधा सम्पर्कका लागि फूलबारी बङ्लाबन्ध बाटोको माग गरिइएको बताइएको छ। 

२०७२ सालमा ओलीकै नेतृत्वको सरकारले भारतको नाकाबन्दीविरुद्ध गरेको प्रतिवाद पनि घोषणापत्रमा उल्लेख छ। भनिएको छ,  ‘संविधान जारी गरेवापत लगाइएको नाकाबन्दीको दृढतापूर्वूक सामना गर्दै मुलुकको स्वाभिमान एवं स्वाधीनताको रक्षाका लागि नेपाल सक्षम छ भन्ने उदाहरण प्रस्तुत गरियो। यस कदम सँगै आम नेपालीमा आफ्नो सभ्यता, संस्कृति, गौरवपूर्ण इतिहास र राष्ट्रिय भावको पुनरोदय भयो।’

 यसैगरी २०७४ सालको निर्वाचनपछि आफ्नै नेतृत्वको सरकारले चुच्चे नक्सा जारी गरेको घोषणापत्रमा उल्लेख छ। ‘सिङ्गो नेपाललाई एक ढिक्का बनाइ संविधानमा सर्वसम्मत संशोधन गरी अतिक्रमित भूभागहरू (लिम्पियाधुरा, लिपलेकु र कालापानी) समेटी नेपालको नयाँनक्सा प्रकाशन गऱ्यो,’ घोषणापत्रमा भनिएको छ। 

ओलीले घोषणापत्र सार्वजनिक कार्यक्रमको बहसमा पनि सूर्यमा भोट हाल्ने कारणमा पनि राष्ट्रियताको विषयलाई उल्लेख गरेका छन्।  उनले भने, ‘दासता अस्वीकार गरेको। राष्ट्रका लागि बलिदान गर्न तयार। पराधीन हुन कहिल्यै तयार नभएको। यसको स्वाधीनता र स्वतन्तन्त्रता, सार्वभौम सत्ता र भौगोलिक अखण्डता कायम राख्न राष्ट्रिय हित कायम राख्न सूर्यमा भोट हाल्नुपर्छ।’ 

Xtrem

Xtrem

एमाले अध्यक्ष ओलीले चुनावी अभियान पनि लिम्पियाधुरा, लिपुलेक र कालपानी रहेको दार्चुला जिल्लाबाट थाल्दैछन्। कात्तिक १८ गते हेलिकप्टरमार्फत् दार्चुला पुगेर सदरमुकाम खलंगामा आमसभालाई सम्बोधन गर्दै चुनावी अभियान सुरु भएको घोषणा गर्ने तयारी छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १६:२२
  • #नेकपा_एमाले
  • #घोषणापत्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्