काठमाडौं– नेकपा (एमाले)ले पाँच वर्षभित्र रासायनिक मल कारखाना स्थापना गर्ने आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरेको छ।
‘पाँच वर्षभित्र रासायनिक मल कारखाना स्थापना गरिने छ, साथै प्राङ्गारिक मलको उत्पादन रोकलाई प्रोत्साहन गर्न र त्यसबाट उत्पादन हुने ग्यास एवं विद्युत्को प्रयोगका लागि सहुलियतका रिका (स्किम) उपयोगमा ल्याइनेछ,’ एमालेले आफ्नो घोषणापत्रमा लेखेको छ ‘माटोको स्वास्थ्य बिग्रन नदिन र त्यसको गुणस्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिने छ।’
साथै, फोहरमैला व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहमा व्यवस्थित ल्यान्डफिल साइट निर्माण गरिने, फेहोरमैलालाई स्रोतबाटै कुहिने र नकुहिने गरी अनिवार्यरूपमा छुट्याउनुपर्ने दायित्व निर्धारण गरिने एमालेले जनाएको छ।
यस्तै, रिसाइकल हुन फोहरमैलाबाट पुनः उपयोग गर्न सकिने वस्तु बनाउने, नास हुनेबाट मल तथा ऊर्जा उत्पादन गर्ने र नास नहुनेलाई सुरक्षित तवरबाट नष्ट गर्ने व्यवस्था गरिनेसमेत एमालेको घोषणापत्रमा उल्लेख छ। जसको सहकार्यका लागि निजी क्षेत्रसँग साझेदारी गरिने एमालेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।