काठमाडौं— नेकपा (एमाले)ले सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।
मंगलबार चुनावी घोषणापत्र जारी गर्दै एमालले स्वच्छ खानेपानी सर्वसुलभ रुपमा उपलब्ध गराउने र सबै परिवारलाई मासिक १० हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने बताएको छ।
सबै निर्माणाधिन खानेपानी आयोजना अगामी पाँच वर्षभित्र सम्पन्न गरिने एमालेको प्रतिबद्धता छ।
साथै, खानेपानीको स्रोत संरक्षण र प्रशोधन दुवै उपाय अवलम्बन गरिने एमालेले जनाएको छ। विकास निर्माण, संरक्षण र प्राकृतिक स्रोतको उपयोग गर्दा पानीको पुर्र्नभरण अवरुद्ध नहुने व्यवस्था मिलाइने पनि जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।