काठमाडौं– नेकपा (एमाले) ले आफ्नो चुनावी घोषणापत्रमा २० ग्यारेन्टी प्रस्तुत गरेको छ। मंगलबार काठमाडौंको याक एन्ड यति होटलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रमा फरक–फरक क्षेत्रमा पार्टीको ‘ग्यारेन्टी’ प्रस्तुत गरिएको हो।
प्रस्तुत ’ग्यारेन्टी’ हरूलाई नारा र व्याख्याको रुपमा प्रस्तुत गरिएको छ। पहिलो सेसनः समृद्धि अधिवेशन, नेपालीलाई मात्र नागरिकता, हंगरः नो लंगर, उत्पादन स्वदेशीः बजार विदेशी, सुरक्षित छानाः पुग्छ सबैको चाहना, कमाइः युवाको रोजाइ, पढाइः भविष्यको जग बसाइ, प्रेसर–सुगरः भइन्न बिरामी औषधि बेगर, फ्री मिटरः १० हजार लिटर, फ्री युनिटः ५० युनिटजस्ता नाराबाट पार्टीको ग्यारेन्टी प्रस्तुत गरिएको छ।
त्यस्तै, खेतबारीमा पानीः खाडीमा होइन, स्वदेशमै जवानी, दिनदिनै सडक विस्तारः विकासका पूर्वाधारको आधार, भूमिगत तारः सहर बजार, नो लाइनः सेवा अनलाइन, पाँच लाख रोजगारः न्यूनतम ज्याला २५ हजार, समृद्धिसँगको नाताः सबैको बैंक खाता, स्वस्थ महिनाबारीः १५ सय बर्षभरी, फाइभजी सञ्चारः आइटीमा चमत्कार, हामी सामाजिकः सभ्य नागरिक र हाम्रो अर्थः १०० खर्ब पनि छन्।
घोषणापत्र सार्वजनिक कार्यक्रममा सञ्चालित ’डिबेट’ मा ओलीले पार्टीको ग्यारेन्टी लागू हुने बताए। उनले जनताले आफूसँग ग्यारेन्टीको भुक्तानी माग्न सक्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।