काठमाडौं– आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा (एमाले)ले आफ्नो घोषणापत्रमा बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याइने उल्लेख गरेको छ।
‘आर्थिक तथा औद्योगिक कोरिडोरहरूको पूर्वाधार निर्माण गरिनेछ’ मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा भनिएको छ ‘सम्भावना भएका बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याइनेछ ।’
साथै, रुग्ण अवस्थामा रहेका उद्योगहरूको सबलीकरण गरी सुसञ्चालनमा ल्याइने उल्लेख गरिएको छ।
उत्पादनको प्रतिएकाइ लागत घटाउन एउटै सबल र मितव्यायी व्यवस्थापनबाट समान प्रकृतिका बहुउद्योग सञ्चालन गर्ने कामलाई प्राथमिकता दिइने विषयसमेत घोषणापत्रमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।