काठमाडौं– नेत्रविक्रम चन्द विप्लव ‘सी ’नेतृत्वमा रहेको नेकपाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ। नवौ महाधिवेशनपछि बसेको वैठकको निर्णयमा सरकारले घोषणा गरेको निर्वाचन विथोल्ने घोषणा गरेको हो।
मंगलवार पार्टीको निर्णय सार्वजनिक गर्दै नेकपा स्थायी समिति सदस्य विप्लव ‘सी’ले यस्तो जानकारी दिएका हुन्।
अहिले हुन गइरहेको निर्वाचनले समाजवादमा पुग्न मद्दत नगर्ने भएकाले बिथोल्ने अभियान चलाउने उनले बताए।
‘सरकारले गर्ने तय भएको मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन खारेज गर्न भण्डाफोर गर्ने निर्णय गरेका छ’ उनले भने ‘प्रचारक अभियानमा सरकारले दमन गरे उचित प्रतिकार गरिनेछ। निर्वाचनविरुद्ध सामना परिवारले जनसांस्कृतिक अभियान पनि चलाउने उनले बताए ।
अहिले हुन गइरहेको निर्वाचनले दलालहरूमात्र निर्वाचित गर्ने र वास्तविक जनताको प्रतिनिधि नआउने भएकाले यसविरुद्ध अभियान चलाउन लागेको दाबी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।