काठमाडौं– आचारण विपरीत काम गरेको भन्दै सशस्त्र प्रहरी बलले आफ्ना दुई जना कर्मचारीमाथि विभागीय कारबाही अगाडि बढाएको छ। सशस्त्र प्रहरी बलले आफ्ना २ जना नायव निरीक्षक (सई)लाई निलम्बत गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक (सई) गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक (सई) कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको हो।
सई सुवेदीले यही कार्तिक ४ गते निर्वाचन सुरक्षा वेस स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु पुर्याइ कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, गत असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानवनि गर्दा विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायव निरीक्षक मगरलाई पनि निलम्बन गरिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।