काठमाडौं— नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा महिला ३५ प्रतिशत र मजदुर किसान १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने चुनावी घोषणापत्रमा उल्लेख गरेको छ।
सोमबार सार्वजनिक गरेको घोषणापत्रमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन जातीय जनसंख्या (क्लस्टर)का आधारमा पूर्णसमानुपातिक निर्वाचन प्रणालीमार्फत गरिने उल्लेख गरेको छ। क्लस्टरमा खस–आर्य, आदिवासी–जनजाति, दलित, मधेशी–तराई समुदाय, थारू र मुस्लिम रहनेछन्।
हरेक क्लस्टरमा ३५ प्रतिशत महिला प्रतिनिधित्व हुनेछ भने मजदुर र किसानलाई कम्तीमा १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।