काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई एकताबद्ध राख्न नसकेकोमा आफूले गल्ती गरेको बताएका छन्।
सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्नेक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन्।
‘यो परिवर्तन जसले धेरै ठूलो संघर्ष र बलिदान गरेर ल्यायो। यसको नेतृत्व उसैले गर्दा मात्रै देशले गति लिने हो। दूर्भाग्य काहीँ न काहीँ हामी पनि चुक्यौँ,’ प्रचण्डले भने, ‘म आफैँले पनि पार्टीलाई एकताबद्ध राख्न सकिनँ, जुन माओवादी ०६४ मा आएको थियो त्यो एकताबद्ध राख्न सकेको भए र विभाजन नभएको भए भन्ने छ। त्यसकारण कतिपय गल्ती मैले गरेको छु, त्यो मैले भन्ने गरेको छु।’
त्यस्तै, आफूले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउनुपर्नेमा नबनाएर कमजोरी गरेको प्रचण्डले पुनः दाहोर्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।