काठमाडौं– एकीकृत समाजवादीले आफू सरकारमा पुगेमा वृद्ध–वृद्धालाई राज्यले दिने भत्ताको पारिवारका अन्य सदस्यले इच्छाविपरीत प्रयोग गरे–नगरेको अनुगमन गर्ने जनाएको छ। पार्टीले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा उक्त विषयलाई उल्लेख गरिएको हो।
‘वृद्ध–वृद्धाहरू आफ्ना परिवारमा सम्मानसाथ बाँच्न पाउन्, उनीहरूसँग बसेका छोरा–बुहारी वा छोरी–ज्वाइँले हेलाहोचो नगरुन्, उनीहरूले पाउने बृद्धभत्तामाथि इच्छाविपरीत परिवारका अरू सदस्यले हस्तक्षेप नगरुन् भन्ने कुरालाई नियन्त्रण गर्नका लागि हरेक ६÷६ महिनामा अनुगमनको व्यवस्था गर्न पहल गरिने छ,’ घोषणापत्रमा उल्लेख छ।
यस्तै, विभिन्न राष्ट्रिय दिवस तथा पर्वहरूमा ज्येष्ठ नागरिकहरूलाई सम्मान तथा प्रोत्साहन गरिने पनि घोषणापत्रमा उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।