काठमाडौं— नेकपा (माओवादी केन्द्र)ले पर्यटन विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख गरेको छ।
सोमबार सार्वजनिक गरिएको घोषणापत्रमा माआवादीले पर्यटन विश्वविद्यालय स्थापना गरी पर्यटनसम्बन्धी अध्यापन तथा प्रशिक्षणको व्यवस्था गरिने जनाएको छ।
साथै, हाल सञ्चालनमा रहेका विश्वविद्यालयहरूमा समेत पर्यटनसम्बन्धी विशिष्टिकृत विषय अध्यापनको व्यवस्था गरिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।