काठमाडौं– निर्वाचन आयोगले ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने चेतावनीविरुद्ध सर्वोच्च आदलतमा रिट दर्ता भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आयोगको उक्त निर्देशन कार्यन्वयन नगर्नका लागि अन्तरिम आदेशसमेत माग गर्दै सोमबार रिट दार्ता गराएका हुन्।
अधिवक्ता त्रिपाठीले निर्वाचन आयोगले ‘नो, नट अगेन’को अभियानलाई साइबर कानूनअन्तर्गत कार्यबाही गर्न निर्देशन जारी गरेकोमा यसले मतदाताहरूलाई संविधानद्वारा प्रदत्त मौलिक हकको उपभोगमा अवरोध तथा कुण्ठा उत्पन्न भइ अपुरणीय क्षति पुग्न जाने हुँदा रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म आयोगको निर्देशन कार्यान्वयन नगर्न नगराउन र आयोगको निर्देशनका आधारमा यस अभियानमा संग्लन कसैलाई पनि धर पकड एवं मुद्दा नचलाउन अन्तरिम आदेश माग गरेको बताएका छन्।
निर्वाचन आयोगले गत हप्ता ‘नो, नट अगेन’ समूहलाई फेसबुक ग्रुप हटाउन चेतावनी दिएको थियो। यो समूहले मुख्य दलका शीर्ष नेताहरूलाई आसन्न निर्वाचनमा हराउने भन्दै ‘क्याम्पेनिङ’ गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।