काठमाडौं— नेकपा (एकीकृत समाजवादी)ले आफ्नो चुनावी घोषणापत्रमा नारै–नारा समेटेको छ।
सोमबार सार्वजनिक भएको घोषणापत्रमा अन्तिममा २७ वटा नारा प्रस्तुत गरेको छ भने बीच हरेक कार्यक्रम नाराले सम्बोधन गरेको छ।
यस्ता छन् नारा:
संरक्षित कृषि बजार: किसानको जीवनमा बहार
भूमिको वैज्ञानिक व्यवस्थापन: भू–उपयोग नीतिमा परिवर्तन
सिँचाइमा लगानी: कृषियोग्य जमिनमा पानी
राष्ट्रको पहिचान: पर्यटन विकास र संस्कृति संवद्र्धन
घरेलु, ग्रामीण, साना तथा मझौला उद्योग: आत्मनिर्भरताको प्रयोग
ऊर्जा उत्पादनमा वृद्धि: राष्ट्रको आर्थिक समृद्धि
सडक पूर्वाधार: आर्थिक समृद्धिको आधार
गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार: राष्ट्र निर्माणको आधार
निःशुल्क स्वास्थ्य उपचार: जनताको मौलिक अधिकार
निःशुल्क खानेपानी: सुखी जिन्दगानी
स्वस्थ जीवनको आधार: खेलकुदका पूर्वाधार
विज्ञान–प्रविधि र आविष्कार: आर्थिक–सामाजिक रुपान्तरणको मूल आधार
सबैतिर पार्क बनाऔँ: फलफूलका विरुवाले सडक सजाऔँ
फोहर बन्ने छ मोहर: सफा हराभरा गाउँ–सहर
गाउँ सहरमा सहकारी: घरघरमा रोजगारी
मर्यादित श्रम: सम्मानित श्रमिक
महिलाको हित: हर घर सुरक्षित
जातीय छुवाछुत मेटाऔँ: मानव मर्यादा कायम गरौँ
ज्येष्ठ नागरिकको रखवारी: नयाँ पुस्ताको जिम्मेवारी
अल्पसंख्यक लैंगिक समुदायको मर्यादा: हाम्रो इरादा
अपाङ्गतामैत्री संरचना: हाम्रो चाहना
भूतपूर्व सैनिक तथा प्रहरीको मान: राष्ट्रिय सुरक्षाको शान
भ्रष्टाचारमुक्त सरकार: आर्थिक सम्पन्नताको आधार
जनसेवा र सुशासनः स्वच्छ र पारदर्शी प्रशासन
विविधतामा एकताको शान: हाम्रो स्थानीय पहिचान
सामाजिक सुधार: समानताको आधार
राष्ट्रिय सुरक्षा: राष्ट्रिय हित र स्वाभिमानको रक्षा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।