काठमाडौं- नेकपा एकीकृत समाजवादीले ‘एक दलित वस्ती एक सहकारी’ र ‘एक दलित परिवार एक रोजगारी’ कार्यक्रम अघि सारेको जनाएको छ।
सोमबार सार्जनिक गरेको घोषणापत्रमा समाजवादीले उत्पीडित दलित समुदायका बीचमा उद्यमशीलताका लागि एक दलित वस्ती एक सहकारी र एक दलित परिवार एक रोजगारी सहितको नमुना दलित वस्ती विकास कार्यक्रम लागू गर्ने उल्लेख गरेको छ।
‘जातीय मुक्तिका लागि सांस्कृतिक रूपान्तरण, वर्गीय मुक्तिका लागि समाजवाद’ भन्ने विचारद्वारा आधारभूत वर्ग र दलित समुदायलाई प्रशिक्षित गर्दै सामाजिक चेतना विस्तारको अभियानलाई अझ घनीभूत बनाउने प्रतिवद्धता समाजवादीले घोषणापत्रमा जनाएको छ।
दलित समुदायमा भएको क्रान्तिकारी र श्रमजीवी वर्गीय चरित्रलाई सामाजिक र वर्गीय मुक्तिको अन्तरसम्बन्धको ज्ञानसहित वैचारिक रूपमा स्पष्ट पार्ने पनि समाजवादीको घोषणापत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।