काठमाडौं– नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमबार एक कार्यक्रम आयोजना गरी सो पार्टीको घोषणापत्र सार्वजनिक गरिएको हो।
घोषणापत्रमा एमाले विभाजन गर्नुको कारणबारे व्याख्या गरिएको छ। केपी ओली नेतृत्वको सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिवद्धताअनुरूप काम नगरेको घोषणापत्रमा उल्लेख छ। ‘भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो,’ घोषणापत्रमा भनिएको छ।
एमाले नेतृत्वमा दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिस्ट विचार, गलत आचरण र षड्यन्त्रकारी कार्यशैली समेत विकास भएको एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख छ। जसको कारण कम्युनिस्ट पार्टी र सिंगो कम्युनिस्ट आन्दोलनलाई नै ठूलो क्षति भएको एकीकृत समाजवादीको ठहर छ।
‘हामीले नेकपा (एमाले)मा व्याप्त अवसरवाद, गैरकम्युनिस्ट विचार, आचरण र कार्यशैली सुधार्नका लागि धेरै प्रयास गर्यौं। एमाले नेतृत्वलाई सुधार्न र ठिक ठाउँमा ल्याउन नसकिने ठहर गरिसकेपछि हामीले विद्रोह गर्यौं,’ घोषणापत्रमा भनिएको छ।
आफूहरुले कम्युनिस्ट आन्दोलनमा नयाँ पुनर्जागरण ल्याउन र त्यसमार्फत् व्यापक पुनर्गठन गर्न चाहेको बताइएको छ।
यस्तो छ घोषणापत्रको पूर्णपाठः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।