काठमाडौं- राप्रपाले घोषणापत्रमा सातै प्रदेशमा स्मार्ट शहर र स्मार्ट गाउँ निर्माण गर्ने उल्लेख गरेको छ।
सोमबार राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा तीन वर्षभित्र मेचीदेखि महाकालीसम्मको महेन्द्र राजमार्गलाई अन्तर्राष्ट्रिय हाइवेको मापदण्डमा स्तरोन्नति गर्ने उल्लेख गरेको छ।
यस्तै घोषणापत्रमा मेची-महाकाली हुलाकी राजमार्ग, काठमाडौं-जुम्ला राजमार्ग, मध्यपहाडी राजमार्गको द्रुत गतिमा निर्माण सम्पन्न गर्ने उल्लेख छ।
पूर्वाधार निर्माणमा प्राकृतिक वातावरणको संरक्षण र सम्बर्द्धन गर्ने, पूर्वाधार निर्माणमा जलवायु परिवर्तनलाई समानुकुलन र अनुकुलन गरी प्राकृतिक वातावरणको संरक्षण र सम्बर्द्धन गर्ने समेत राप्रपाको घोषणापत्रमा समेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।