काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो घोषणापत्रमा नेपालको पूर्वदेखि पश्चिमसम्म जोड्ने महानगर निर्माण गर्ने योजना समावेश गरेको छ।
पार्टीका महासचिव बेदूराम भुसालले सोमबार घोषणापत्र सार्वजनिक गर्दै कृषिलाई प्रथमिकतामा राखिएको जानकारी दिएका छन्।
‘कृषियोग्य जमिन सिचाईं गर्नका लागि नेपालको पानी नेपालमै भन्ने नीतिका साथ पूर्व पश्चिम महानहर निर्माण गर्ने। सबै नदीहरुलाई जोड्ने गरी पहाडको फेदीबाट नहर निर्माण। यसले नदी नियन्त्रण पनि गर्न र तराई सिचाईं गर्न सकिन्छ,’ भुसालले बताए।
यस्तै, निर्वाचन प्रणालीमा नीतिगत परिर्वतन गर्ने,आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, विदेशमा रहेका युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने, भूमिको वैज्ञानिक व्यवस्थापन गर्ने लगायतका विषयलाई एकीकृत समाजवादीले घोषणापत्रमा समेटेको भुसालले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।