काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ वर्षमा रासायनिक मल कारखाना सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको छ। राप्रपाले समयमै मल र बिउ उपलब्ध गराउने प्रतिवद्धता दावी पनि गरेको छ।
सोमबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले कृषिजन्य उद्योगलाई स्थानीयलाई रोजगारी, निर्यातमुलक कृषिजन्य उत्पादनमा प्राथमिकता, किसानलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था, ऋण तिर्नको लागि १५ वर्ष समयावधि निर्धारण, कृषिजन्य वस्तुको बजारीकरण र उचित मूल्यको व्यवस्थापन गर्ने लगायतका प्रतिवद्धता जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।