काठमाडौं- राप्रपाले अपाङ्ग, उत्पीडित तथा सीमान्तकृत समुदायका नागरिकलाई कर छुट र प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक अपाङ्गता पुनर्स्थापना गृह स्थापना गर्ने घोषणापत्रमा उल्लेख गरेको छ।
सोमबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले अपाङ्ग, उत्पीडित तथा सीमान्तकृत समुदायका नागरिकहरुबाट सामूहिक रुपमा उक्त समुदायका लागि स्थापित स्वास्थ्य संस्था, विद्यालय, तालिम केन्द्र लगायत उद्योग व्यवसायमा कर छुटको व्यवस्था गरिने जनाएको छ।
देशका हरेक प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कम्तीमा एक अपाङ्गता पुनर्स्थापना गृह स्थापना गर्ने प्रतिवद्धता राप्रपाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।