काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।
राप्रपाले आफ्नो घोषणापत्रमा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न रुग्ण अवस्थामा रहेका संस्थान तथा सार्वजनिक क्षेत्र पुन:सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
घोषणापत्रमा राप्रपाले लेखेकेको छ, ‘रुग्ण रहेका सरकारी, निजी, सार्वजनिक संस्थान र उद्योगहरु आधुनिकीकरण गरिने छ।’ यसैगरी, पार्टीले वैदेशिक लगानी समेतलाई आकर्षित गर्न उद्योग दर्ता प्रक्रियालाई सरलीकरण पुनःसञ्चालन गर्ने प्रतिवद्धता पनि जनाएको छ।
पार्टीको अर्को आर्थिक एजेन्डा अनावश्यक आयात निरुत्साहित गर्न उत्पादन अभिवृद्धि गरी कहालीलाग्दो व्यापार घाटा कम गर्ने रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।