काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले सुत्केरीलाई ३ महिनासम्म ३ हजार रुपैयाँ भत्ता दिने प्रतिबद्धता जनाएको छ।
सोमबार घोषणापत्र जारी गर्दै राप्रपाले प्रत्येक वडामा सुरक्षित प्रसूति सेवासहित न्यून आय भएका परिवारका सुत्केरीलाई ३ महिनासम्म ३ हजार रुपैयाँ मासिक भत्ता दिने उल्लेख गरेको छ।
सोमबार सार्वजनिक प्रतिबद्धतापत्रमा अभिभावकीय संस्थाको रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद् प्रस्ताव गरिएको छ।
राप्रपाले प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना प्रस्तुत गरेको छ। एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्तो कार्यकारी पदमा बस्न नपाउने उसको अजेन्डा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।