काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश खारेजको प्रस्ताव अघि सारेको छ। राप्रपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै सात प्रदेश खारेज हुनुपर्ने प्रस्ताव राखेको हो।
शासकीय स्वरुप अन्तर्गत स्थानीय तहलाई थप बलियो बनाउँदै केन्द्र सरकार र स्थानीय सरकार मात्र बनाउने नीति राप्रपाले अघि सारेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै संविधानले ग्यारेन्टी गरेको प्रदेश खारेजीको माग अघि सारेको हो।
त्यस्तै सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको बैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र हुनुपर्ने राप्रपाको घोषणापत्रमा उल्लेख छ। एक व्यक्तिले एक कार्यकाल भन्दा धेरै पार्टी अध्यक्ष र प्रधानमन्त्री जस्तो कार्यकारी पदमा बस्न नपाउने नीति राप्रपाले अघि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।