काठमाडौं- मोरङमा छुरा प्रहरी गरी बालकको हत्या गरिएको छ। झापाको दमक- १० घर भएका १४ वर्षीय बालक दीयुष श्रेष्ठको हत्या भएको हो।
मोरङको उर्लाबारी- ७, मावा खोलामा छठ पर्व हेर्न गएका बेला उनको हत्या भएको मोरङका एसपी शान्तिराज कोइरालाले बताए। झापा र मोरङको सिमानामा पर्ने उक्त खोलामा छुरा प्रहार गरी आइतबार राति बालकको हत्या भएको हो।
कसले हत्या गरेको भन्ने अहिलेसम्म खुलिनसकेको प्रहरीले जनाएको छ। हत्याको सम्बन्धमा अनुसन्धान अघि बढाइएको कोइरालाले बताए।
राति १० बजेतिर छुरा प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।