बाँके– नेपालगन्जमा चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। आगालागीबाट एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज–५ रामनगरमा रहेको रमेशकुमार नागको घरमा मो आरिफ अन्सारीले भाडामा लिएको चुराको गोदाममा आगलागी भएको हो।
आइतबार बिहान ५ बजेर ४० मिनेटमा एक्कासी आगो लागेको थियो। आगलागीमा अन्सारीका साला नाता पर्ने २३ वर्षीय समिर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घाइते भएका अन्सारीकी भेरी अस्पतालमा उपचार भइरहेको छ।
आगालगीसँगै ठूलो विष्फोट भएपछि घरमा पनि क्षति पुगेको छ। प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।