काठमाडौं– गृह मन्त्रालयले दार्चुला घटनामा पहल र समन्वय गरिदिन भन्दै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ। जिल्ला प्रशासन दार्चुलाको पत्रपछि गृहले पत्र लेखेको हो।
घटना पीडित भएका परिवारलाई राहत र क्षतिपूर्तिको लागि कूटनीतिक माध्यमबाट पहल गरिदिन पत्र लेखेको हो।
दार्चुलाको पारी क्षेत्रमा सडक निर्माणका क्रममा विस्फोटन गर्दा नेपालतर्फ एक नेपाली बालकको मृत्यु भएको हो। घटनापछि भारतीय कम्पनीले गल्ती स्विकार गर्दै शनिबार दुईपक्षीय छलफल पनि भएको छ।
छलफलका क्रममा आफूहरूको लापरबाहीका कारण ९ वर्षीय बालक पवन महराको मृत्यु भएको निर्माण कम्पनीले स्वीकार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।