पोखरा– ४० ओभरको एकदिवसीय खेलमा क्यान–११ महिला टोलीले एमसीसी वुमन्सलाई पराजित गरेको छ। पोखरा क्रिकेट रंगशालामा शनिबार क्यान–११ ले एमसीसी २ विकेटले पराजित गरेको हो।
एमसीसीले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको क्यान–११ ले ३४ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो।
क्यान–११ का लागि सर्वाधिक नेरी थापाले अविजित ३३ रन बनाइन्। अश्मिना कर्माचार्य अविजित १८ रन रहिन्। कविता कुँवरले १६ रन र रुबिना क्षेत्रीले १३ रन जोडिन्।
एमसीसीका रिया राभेल र रचेल पोटरले २–२ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो। एमसीसीका जेनीले सर्वाधिक २१ रन र क्लेरी टेलरले २० रन बनाइन्।
यस्तै, अमन्डाले १६ र एलिसाले १३ रन बनाइन्। क्यान–११ का सीता राना मगर र रुबिना क्षेत्रीले ३–३ विकेट लिइन्। नेरी खेलको प्लेयर अफ दी म्याच घोषित भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।