काठमाडौं– नेपाली कांग्रेसले तीन वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने घोषणा गरेको छ।
कांग्रेसले शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दै तीन वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने घोषणा गरेको हो।
‘गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँचः सबैलाई स्वास्थ्य बीमा, सवल स्वास्थ्य प्रणाली’ नारा दिएर स्वास्थ्यका विषयमा घोषणापत्र विभिन्न विषयहरु समेटेको कांग्रेसले बालबालिका र ज्येष्ठ नागरिकको निशुल्क उपचार गर्ने कुरा उल्लेख गरेको छ।
‘३-७३ : ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिने छ,’ घोषणापत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।