काठमाडौं– नेपाली कांग्रेसले जलवायु परिवर्तन र वातावरण संरक्षणको लागि आगामी ५ jर्षका लागि ४ लक्ष्य अघि सारेको छ।
शनिबार प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर प्रतिज्ञा पत्र/घोषणापत्र सार्वजनिक गर्दै उक्त विषयलाई प्राथमिकताका साथ समेटेको हो।
कांग्रेसले सन् २०४५ सम्म शून्य कार्बन (नेट जिरो) लक्ष्य अनुरुप हरित अर्थतन्त्रको रोडम्याप प्रारम्भ गर्ने उल्लेख गरेको छ।
यस्तै, विद्युतीय सवारी साधन र चुलोको प्रयोग ५० प्रतिशत पुर्याउने पनि घोषणा पत्रमा राखेको छ।
कांग्रेसले वनको क्षेत्रफल ४७ प्रतिशत कायम गर्ने विषयलाई प्राथमिकतामा राखेको छ। यस्तै,जलवायु परिवर्तन अनुसन्धान केन्द्र स्थापना गर्ने पनि कांग्रेसले प्रतिज्ञापत्रमा उल्लेख गरको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।