काठमाडौं- कांग्रेसले आफ्नो घोषणापत्रमै संसद् विघटन नगर्ने प्रतिज्ञा गरेको छ। घोषणा पत्रमा प्रतिज्ञा भनेर पाँच वर्षमा गर्ने र नगर्ने कामलाई स्पष्ट रुपमा राखिएको छ। राजनीतिक स्थिरताका लागि गरिने कार्यहरु उल्लेख छ।
गत पाँच वर्षमा स्थिरताको अपेक्षा गरिएकोमा त्यसो नभएको भन्दै आगामी पाँच वर्ष स्थिरता कायम राख्ने प्रतिज्ञा गरिएको छ। जहाँ उल्लेख छ, ‘सरकार बन्ने विकल्प रहेसम्म संसद विघटन गर्दैनौं।’
समुन्नति र सुशासनमा केन्द्रित रहने भनिएको घोषणा पत्रमा राजनीतिक स्थिरतालाईसमेत जोड दिइएको छ। राजनीतिक स्थिरता कायम राख्न गर्ने र नगर्ने क्रियाकलाप प्रतिज्ञामा समेटिएको घोषणापत्र लेखन समूहका एक सदस्यले जानकारी दिए।
अव्यवस्थालाई सुव्यवस्थामा बदल्न संरचनागत र कानुनी रुपमा परिवर्तन गरिने पनि बताइएको छ। स्थानीय तहको निर्वाचनका समयमा गरिएको प्रतिबद्धता र २०७४ सालकै केही विषयलाई ‘निरन्तरतामा नवीनता’ भन्दै प्रस्तुत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।