• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
काठमाडौं–३

‘दरिलो संगठन नै मेरो जित्ने आधार हो’

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १३, २०७९  ०८:२५
1140x725

नेकपा एमालेले काठमाडौं- ३ बाट निवर्तमान सांसद कृष्ण राईलाई प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएको छ। उनी नेपाली कांग्रेसका सन्तोष चालिसेसँग प्रतिस्पर्धा गर्दैछन्। चालिसे गोकर्णेश्वर नगरपालिका पूर्वमेयर हुन्।

एमाले अध्यक्ष केपी ओली निकट मानिने राई २०७४ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। आफूले दोस्रो पटक पनि निर्वाचन जित्ने दावी गर्छन् राई। 'मैले आफ्नो क्षेत्रमा धेरै काम गरेको छु। कतिपय योजना अधुरा छन्। ती योजना पूरा गर्नका लागि पनि मतदाताले मलाई जिताउने छन्,' उनको दावी छ।

काठमाडौं- ३ मा एमालेका तर्फबाट उम्मेदवार बनेका उनै राईसँग नेपाल लाइभले गरेको कुराकानी:

काठमाडौं- ३ मा दोस्रो पटक उम्मेदवार बन्नुभएको छ। मतदाताले तपाईंलाई नै पटक-पटक किन जिताउने? 
काठमाडौं- ३ का जनताको घरदैलोमा जानुअघि अहिले हामी कार्यकर्ताको माझमा छौं। यो क्षेत्रका जनताको घरदैलोमा पुगेर मैले धेरै काम गरेको छु। विगतदेखि सुरु भएका केही कामहरु निरन्तर चलिरहेका छन्। ती काम पूरा गर्न यस पटक म चुनावी मैदानमा उत्रिएको हुँ। 

२०७४ सालको निर्वाचनमा मलाई जनताले विश्वास गरेर जिताएका थिए। मैले कोरोनादेखि अन्य समयमा यो क्षेत्रका लागि धेरै काम गरेको छु। प्रतिनिधि सभाको उम्मेदवार चयन गरिरहँदा मतदाताले यस क्षेत्रमा मेरो आवश्यकता रहेको बताएपछि मैले उम्मेदवार हुने निर्णय गरेको हुँ।

मैले गरेका विगतका काम हेरेर र जनताले मलाई जिताउने हुन्। मैले गोकर्णदेखि कागेश्वरी मनहरासम्मका जनताका लागि सांसदको रुपमा धेरै काम गरेको छु। संसद विकास कोष मार्फत धेरै महत्वका योजना सुरु गरेको छु। जोरपाटी-सुन्दरीजल बाटो निर्माणदेखि यो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन संघीय संसदमार्फत धेरै भूमिका निभाएको छु।

गोकर्ण उत्तरगयादेखि कागेश्वरी हुँदै साँखुसम्म पर्यटकीय क्षेत्र बनाउन केन्द्रीय तहबाट भूमिका खेलेको छु। त्यही भएर मतदाताले मलाई नै चुन्नेछन्।

मंसिर ४ को निर्वाचनमा तपाईंले मतदातामाझ लैजाने अजेण्डा केके हुन्? 
नेकपा एमालेले २०७४ को निर्वाचनमा बहुमत ल्याएपछि सरकार राम्रोसँग चलाउन पाएन। आफ्नै पार्टीभित्र असहयोग भएपछि नयाँ निर्वाचनमा देशलाई लैजान खोजेको थियो। तर अदालत र विविध कारणले गर्दा त्यो सम्भव नभए। तर अब मंसिर ४ मा एमालेले बहुमत पाउनु पर्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

देशलाई सुशासन र सामाजवादको यात्रा गराउने एक मात्र पार्टी एमाले नै हो। त्यसैले पनि क्षेत्र नम्बर ३ का जनताले अमूल्य मत दिएर जिताउनु पर्नेछ। 

त्यस्तै मतदाताहरुले यस क्षेत्रको समस्या केन्द्रसम्म लैजाने र यहाँको विकासका लागि पहल गर्ने व्यक्तिको रुपमा मलाई चिनेका छन्। मैले यस पटक यस क्षेत्रका केही विशेष अजेण्डाहरु निर्माण गरेको छु।

शहर र ग्रामीण क्षेत्रको मिश्रण रहेको यस क्षेत्रमा पर्यटकीयदेखि धार्मिक क्षेत्रहरु रहेका छन्। तर त्यसलाई प्रचार गरेर हामीले फाइदा लिन सकेका छैनौं। अब त्यस क्षेत्रका काम गर्नु पर्नेछ।

पशुपति वैद्यनाथ हुँदै गोकर्ण, उत्तरबाहिनीबाट सुन्दरीजलसम्म र साँखुसम्म धार्मिक क्षेत्र बनाउन सकिन्छ। मैले यो कुरा आफ्नो अजेण्डाको रुपमा राखेको छु।

त्यस्तै यहाँ खानेपानीको पनि समस्या भएकाले त्यसको दीर्घकालीन समस्या समाधान गर्ने, सडक र स्वास्थ्यलाई पनि प्राथमिकता दिएर काम गर्ने अजेण्डा मेरो रहेको छ। 

२०७४ को निर्वाचनमा पनि यस्तै प्रतिवद्धता थियो। तर कृष्ण राई निर्वाचित भएपछि यस क्षेत्रका फर्केन, संसदमा पनि आवाज उठाएन भन्ने गुनासो छ नि? 
यो आरोप गलत हो। म यहाँका जनतासँगै छु। उनीहरुका लागि सधैं उपलब्ध छु। विपक्षीले आरोप लगाए होला तर मतदाता पत्याउनेवाला छैनन्। सांसदको रुपमा मैले कुनै पनि क्षेत्रलाई विभेद नगरी काम गरेको छु। जनताको हरेक निम्तोमा उनीहरुसँग सुखदु:ख साट्न पुगेको छु। संसदमा समय पाएको समयमा यहाँको समस्या राखेकै छु। कानुन बनाउने र नीतिगत पहल गर्ने ठाउँमा पनि यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको छु। यदि कसैले गलत आरोप लगाउँछ भने त्यसलाई हामी चिरेर जान्छौं। 

तपाईंका प्रतिस्पर्धी गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर हुनुहुन्छ। उहाँले स्थानीय तहमा हुँदा धेरै काम गरेको दावी गर्नुभएको छ। तपाईंको जित्ने आधार चाहिँ के हो त? 
यस क्षेत्रमा हामीले जित्ने आधार भनेको नेकपा एमालेको मजबुत संगठन नै हो। एमालेले विगतदेखि नै यो क्षेत्रलाई राम्रो आधार भएको मान्दै आएको छ। वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पार्टीकै आन्तरिक कारणले केही प्रमुख पदमा हामी पराजित भयौं। तर अधिकांश वडामा हाम्रा उम्मेदवारले जितेका छन्।

विगतमा यहाँका नगर प्रमुखले काम हैन, धेरै गफ गरेको कुरा जनतालाई जानकारी छ। नगरपालिका प्रमुखको रुपमा उनीहरुले पाँच वर्ष त बिताए तर कुनै पनि काम नगरेको कुरालाई ध्यानमा राख्दै मलाई मत दिनेछन्।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  ०८:२५
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार, भदौ १७, २०८३
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्