काठमाडौं– एक नाबालिग गायिकामाथि यौन दुरुपयोग गरेको आरोपमा बन्दीगृहमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् ।
दुई वर्ष ६ महिनाको कैद सजाय भोगिरहेका शाहले बँदीगृहमै भाइटीका लगाएको तनहुँ कारागारले जनाएको छ।
अभिनेता शाहले बहिनी रोशनीको हातबाट भाइटीका लगाएका हुन्।
शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुवाले जाहेरी दिएका थिए। उनीविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो।
शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष ६ महिना कैद सुनाएको थियो।
साथै, पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ । तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।